आस्था राउत भन्छिन्–‘कसलाई अङ्गालो मार्नुपर्ने हो म धित मरुञ्जेल मार्दिउँला’


२०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो टिमलाई समर्थन गर्न रसिया पुगेकी क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिकको अहिले संसारभरी चर्चा भइरहेको छ ।

आइतबार भएको फाइनलमा आफ्नो टिम फ्रान्ससँग ४–२ ले पराजित हुँदा उनले देखाएको खेल भावनाको सबैतिरबाट प्रशंसा भईरहेको छ ।
उनी फाइनल खेल हेर्न जर्सीमै रंगशालामा उपस्थित भएकी थिइन् । दोस्रो स्थानको मेडल लिन आएका क्रोएसियन खेलाडीलाई उनले अंकमाल गरेर बधाइ दिएकी थिएन् । प्रशिक्षक र कप्तान लुका मोड्रिकसँग अंकमाल गर्ने क्रममा उनी भावुक बनेकी थिइन् ।

जब उनको यो तस्वीरसहितको समाचार सार्वजनिक भयो, नेपालमा पनि त्यसको चर्चा शुरु भयो । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेपालकी राष्ट्रपति र क्रोएशियाकी राष्ट्रपतिको फोटो जोडेर सामाजिक सञ्चालमा श्यर गर्दै यहाँकी राष्ट्रपतिलाई गाली गरे । कतिले नेपालको संस्कार सम्झाउँदै त्यहाँ र यहाँको तुलना नगर्न आग्रह गरे । नेपालकी राष्ट्रपतिको बचाउ गरे ।

यसैक्रममा चर्चित गायिका आस्था राउतले पनि यसविषयमा आफ्नो धारणा सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन् । उनले नेपाल र क्रोएशियाकी राष्ट्रपतिको तुलना गर्न नमिल्ने बताएकी छन् ।

‘क्रोएशियाको राष्ट्रपति कस्तो हाम्रो कस्तो भनेर तुलना गर्नेहरुले के बुझ्नु पर्‍यो भने हाम्रो चलनमा झ्याप्पै अंगालो मार्ने, झ्याप्पै मोई खाने चलन छैन’, आस्था लेख्छिन्, ‘झन ५०/६० नाघेकाहरुले त भरसक आफ्नो श्रीमान बाहेक अरुलाई छुँदा पनि छुँदैनन् !’

यति मात्र होइन उनले अगाडी लेखेकी छन्, ‘…तसर्थ अंगालो नमारे कै गुनासो हो भने राष्ट्रपतिको साटो म नै धित मर्नेगरि अंगालो मार्दिउँला को को लाई मार्नु पर्ने हो । हा हा हा ।’

गायिका राउतले आ–आआफ्नो जायज चलनको सम्मान गर्नुपर्ने र अरुको तुलना गर्न नहुने समेत उल्लेख गरेकी छन् ।

दैनिक नेपालबाट

Khaptadkhabar the love