
काठ्माण्डौ २६ अशोज
सुदूर पश्चिमकी चेली चाँदनी मल्ल शिखर नेपालको १५ औं वार्षिक उत्सवको अवसरमा “शिखर सम्मान २०७५”बाट शुक्रवार काठ्माण्डौमा सम्मानित हुनु भएको छ ।
भृकुटीमण्डपमा शुक्रवार दिउसो भएको कार्यक्रममा राष्ट्रकवी माधव प्रसाद घिमिरे लगाएत विभिन्न विधामा विभिन्न व्यक्तित्वहरु सम्मानित हुनु भएको हो ।सो कार्यक्रममा सुदूरपश्चिमबाट १ जना यायीका मल्ल सम्मानित हुनु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादव रहनु भएको थियो ।
नेपाली भाषा, संस्कृति,साहित्य तथा लोक गित संगितको क्षेत्रमा योगदान गरे बाफत गायीका मल्ललाई सम्मानित गरिएको हो ।
गायीका चाँदनी मल्लले विगत लामो समय देखि सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै विभिन्न टेलिभिजनमा सुदूरपश्चिमको देउडा गितको कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ ।
उहाँले सुदूरपश्चिमको सभ्यता र संस्कृतिलाई विभिन्न विभिन्न विधामा निर्देशक निर्माता रही विश्व सामु पुर्याउदै आउनु भएको छ ।
डोटेली भाषाको पहिलो चलचित्र गौरीको नायिका समेत रहनु भएकी मल्ल सुदूर पश्चिम कै चर्चित गागिकाको रुपमा चिनिनु हुन्छ । उहाँको “सुदूर पश्चिम स्वर्गा सरी” भन्ने गित यस क्षेत्रका वासिन्दाको मन मस्तिष्कमा अमिट छाप छोड्न सफल भएको छ ।
नायिका तथा गायिका मल्लले कैलालीका पर्यटकिय क्षेत्रको प्रचारका लागि भएको कैलाली भ्रमण वर्षमा समेत आफ्नो कला र गला मार्फत सहयोग गर्नु भएको छ ।
उहाँले सुदूरपश्चिमको देउडा संस्कृतिको उत्थानका लागि योगदान गरेको भन्दै कैलाली भ्रमण वर्ष २०७५ अन्तर गत टीकापुरमा भएको डल्फीन अबलोकन उत्सवमा समेत सम्मानित हुनु भएको थियो ।