
टीकापुर २७ चैत
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वार्ड नं. ६ टीकापुरले आज नारायणपुरमा नया“ बर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सो पार्टीका केन्द्रिय सदस्य पूर्व सा सिपि खनालको अध्यक्षतामा बुधबार नारायणपुरमा आयोजित शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रमको प्रमुख अतिथिमा पुर्व सांसद गरिमा शाहले पार्टीका सबै तहहरुको एकता पछि पार्टी कामहरुले तिब्रता पाउने बताउनु भयो ।
सरकारले जनताको चाहाना बमोजिम काम गर्न थालेको बताउदै शाहले सरकार र पाटीृका कामहरुलाई प्रभावकारी बनाउन आफुहरुले पार्टीलाई दबाब दिदै आएको बताउनु भयो ।
कायैक्रममा बोल्दै पाटीृका नेता हरि ज्ञवाली अखण्डले सरकारले केही गरेन भन्ने कुरामा सत्यता नरहेको बताउनु भयो ।
उहाँल एकै बर्षमा स्थानीय जनप्रतिनिधि वा सरकार कसैको पनि कामको नतिजा दिन नसक्ने बताउदै भएका कामहरु पार्टी एकता पूर्ण नभएका कारण जनताका माझमा जान नसकेको बताउनु भयो ।
कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरु जनताका माझ लिने काम पार्टीको भएको बताउदै जनप्रतिनिधि पार्टीबाट नै निर्देशित हुने भएकाले पार्टीले जनप्रतिनिधिहरुलाई मार्ग निर्देशन गर्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले जनता र जनप्रतिनिधि बिच खालीपन देखिएको गुनासो गर्दै आफू पार्टीको कुराहरु गर्ने भन्दा पनि आफुले जनताहरु कुराहरु कत्तिको गर्न सके र कत्तिको छुटे त्यसतर्फ चिन्तित भएको बताउनुभयो ।
आशा चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन केदार चौधरीले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका नेता चतुरप्रसाद खनालले गर्नु भएको थियो ।