मातृका तिमिल्सेना
टीकापुर १७ बैसाख
कैलालीको दोस्रो व्यापारिक केन्द्रका रुपमा चिनिने टीकापुर नगर पालिकामा व्यवसायिक फर्म मध्ये उत्पादन मुलक उद्योगको संख्या न्युन देखिएको छ ।
नगर क्षेत्र भित्र जम्मा १ हजार ६ सय ७८ व्यवसायिक फर्महरु रहेको भएपनि उत्पादन मुलक उद्योग संख्या ५५ मात्र रहेको टीकापुर नगरपालिकाको तथ्याँकले देखाएको छ । जुन संख्या जम्मा संख्याको ३ दशमलब २ प्रतिशत हुन आउछ ।
नगरपालिका सँग रहेको तथ्याँक अनुसार टीकापुरमा बस्तुको बिक्री गर्ने फर्महरुको संख्या १२७१ रहेको छ । जो जम्मा व्यवसायिक फर्महरुको ७१ प्रतिशत रहन्छ ।
यस्तै सेवा बिक्री गर्ने व्यवसायहरु २ सय ५९ रहेका छन । यो संख्या १५ दशमलब ४७ प्रतिशत हुन आउछ ।
टीकापुरमा रहेका उत्पादन मुलक उद्योगहरुको यो संख्यालाई हेर्दा टीकापुर नगरपालिकाले उत्पादन मुलक उद्योगको प्रवद्र्धनमा ध्यान दिनु पर्ने देखिएको छ ।
टीकापुर बहुमुखि क्याम्पसका प्रमुख तथा अर्थशास्त्र विषयका प्राध्यापक केशर बहादुर कुँवर उत्पादनमुलक उद्योगको कमीले मुल्यबृद्धि बढ्नुका साथै रोजगारी समेत बृद्धि हुन नसक्ने बताउनु हुन्छ ।
“यस्तो अवस्थाले अर्थतन्त्रमा नयाँ कुरा थपिदैन, रोजगारी त हुन्छ तर उत्पादनमा आधारित व्यवसायको तुलनामा धेरै कम रोजगारी सिर्जना हुन्छ”कुवरले भन्नु भयो ।
सरकारसँग साना तथा मझौला उत्पादनमुलक उद्योगलाई प्रवद्र्धन गर्ने कुनै निति नभएका कारण अहिले उत्पादन भन्दा ट्रेड विजनेशमा व्यवजसायीहरु आक्रसित हुन थालेको घरेलु तथा साना उद्योग महासंघ टीकापुरका सचिव प्रकाश तिमिल्सेना बताउनु हुन्छ ।
“उत्पादनको तुलनामा ट्रेड विजनेशमा जोखिम पनि कम हुने र धेरै जनशक्ति समेत आवश्यक हुदैन, सरकारले सबै व्यवसायलाई एउटै टोकरीमा राखेर हेर्छ । यस्तो अवस्थामा उत्पादनमुलक उद्योगहरु कसरी बढ्छन ?” तिमिल्सेनाले प्रश्न गर्नु भयो ।
सरकारले उत्पादनमुलक उद्योगलाई प्रवद्र्धनका गर्नका लागि यस्ता परियोजनालाई अनुदान वा कर छुट सहितको विशेष कार्यक्रम ल्याउनु पर्ने टीकापुर बहुमुखि क्याम्पसका प्रमुख तथा अर्थशास्त्र विषयका प्राध्यापक केशर बहादुर कुँवर बताउनुहुन्छ ।
उत्पादनमुलक उद्योगकोलाई प्राथमिकता राख्न सक्ने हो भने यस्ले निर्यात बढ्ने र रोजगारी बढ्ने हुदा अर्थतन्त्रमा सकरात्मक प्रभाब पर्ने कुँवरको भनाई रहेको छ ।
उत्पादनमुलक उद्योगहरु खुल्न नसक्नुको मुख्य कारणमा दक्ष कामदारको अभाव र राज्यको निति नै मूख्य कारण भएको स्थानिय व्यवसायीहरु बताउछन ।
वडागत तथ्याँकको आधारमा हेर्दा टीकापुर नगरपालिका वार्ड नं. ९ मा कुनै पनि उत्पादनमुलक उद्योग नभएको टीकापुर नगरपालिकाको तथ्याँकले देखाएको छ । यस्तै सबै भन्दा बढी उत्पादनमुलक उद्योगहरु वार्ड नं.१ मा ३५ ओटा रहेका छन भने दोस्रोमा वार्ड नं.७ मा ११ वटा रहेका छन ।
यस्तै वार्ड नं.३,४ र ८ मा २÷२ वटा उत्पादन मुलक व्यवसाय रहेको देखिन्छ भने बाँकी वडाहरु २,५,६मा १÷१ वटा उत्पादनमुखी व्यवसाय रहेका देखिन्छन ।