
टीकापुर २० माघ
इश्वर प्रेमी सेवा आश्रमको आयोजनामा आज देखि श्रदालु भत्तजनहरु एक साता लामो नेपाल र भारतको तिर्थाटनमा निस्केका छन ।
श्रीश्री १००८ महामण्डलेश्वर चैतन्य जी महाराजको विशेष अगुवाईमा श्रदालु भक्तजनहरु भारतको वृन्दावन लगाएतका विभिन्न तिर्थहरुको भ्रमणमा निस्केका हुन ।
सो धार्मिक भ्रमण एक साता लामो रहने महामण्डलेश्वर चैतन्य जी महाराजले जानकारी दिनु भयो ।
तिर्थालुहरुको टोलीमा कैलालीका साथै नेपालका अन्य ठाउबाट समेत श्रदालु भक्तजनहरु सहभागि रहेको आश्रमले जनाएको छ । भ्रमण टोलीमा करिब ३ बस सहभागि छन ।