मन्त्री पाउन यस्ताे हनुमानगिरी !


काठ्माण्डाै २४ बैसाख
अाम जनता साँसदलाई सबै कुरा जान्ने नै ठान्दछन, त्यही ठानेर नै उनिहरुले अाफ्नाे मत दियर साँसद जतायका हुन्छन । तर कहिले काहीँ ती जनताका प्रतिनिधिहरु अाफ्नाे सानाे स्वार्थलाई हेरेर कसरी अाफ्नाे हनुमानगिरी देखाउछन भन्ने अाज राजधानीकाे एक छलफलमा देखियाे ।
भुमि व्यवस्था मन्त्रालयले बुधवार मन्त्रालयमा अागामी नीति कार्यक्रम र बजेटका विषयमा सुपका साँसदहरुसँग छलफल गरेकाे खबर छ । छलफलमा सरकारले भरखरै नियुक्ति गरेकाे उच्च स्तरिय भुमि समस्या समाधान अायाेगका अध्यक्ष देवी ज्ञवालीकाे पनि उपस्थिति रहेकाे थियाे ।
छलफलका बक्ताहरु मध्य धेरैले ज्ञवालीलाई बधाई दिदै मन्तब्य राख्न सुरु गरे । वक्ता मध्यका एक साँसद झपट रावलले सुदुरपश्चिममा सुकुम्वासी लगायत भुमि सम्बन्धि धेरै समस्या रहेकाे बताउदै सरकारले भुमि अायाेग बनाउदा वा अन्य कुनै राजनैतिक नियुक्ति गर्दा कर्णाली नदि पश्चिम साेच्न नसक्नु दुखद भयकाे बताउनु भयाे ।
साँसद रावलले अाफ्नाे भनाई राख्दै दालाल पुजिवादकाे सट्टा जमिनबाट उत्पादन बढायर समाजवाद उन्मुद अर्थ व्यवस्था मजबुत बनाउने नीति लिइनु पर्ने बताउनु भयाे ।
सबै साँसदहरुले अाफ्ना सुझावहरु राख्नु भयाे तर सुदुरपश्चिमकै एक जना नेकपाकै साँसदले भने सुदुर पश्चिमबाट प्रतिनिधित्व किन चाहियाे ? भन्दै सरकारकाे हनुमानगिरी गरेकाे खबर छ ।
सरकार फेरबदलकाे चर्चा चलिरहदा अघि समेत केपि अाेलीकाे वरिपरि घुमीरहने उनकाे पुरानै समस्या रहेकाे र अहिले समेत मन्त्री परिषदमा हेरफेरकाे हल्ला चलिरहदा उनले अाेलीकाे प्याराे बन्नका लागि यसरी बाेलेकाे हुन सक्ने सहभागिहरुले अनुमान लगाएका थिय ।
उनले सरकारका पक्षमा बाेलेपनि बैठकमा सहभागी साँसद र कर्मचारीहरुले भने ती साँसदकाे बाेलिलाई अस्वभाविक मानेकाे एक सहभागिले बताए ।
उनकाे कुरा सुनेर केही सहभागिले मुखामुख समेत गरेकाे बताइन्छ ।

Khaptadkhabar the love