टीकापुर १८ असार
कैलालीका विभिन्न ठाउमा भयका छुट्टा छुट्टै बलात्कारका घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
धनगढीकी १७ बर्षिया किशाेरीलाई लाई कैलाली जिल्ला कैलारी गा.पा.वडा नम्बर ८ लौसा बस्ने बर्ष २० को उमेश कठरियाले एक महिना खघि बलात्कार गरेकाे गरि फरार रहेकाेमा प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । उनलाई जिल्ला अदालत कैलालीमा पेश गरिएकाे छ ।
यस्तै लम्कीचसहा नगरपालिका कि १६ वर्षिया किशाेरीलाई
२ महिना अघि बलात्कार गरेकाे भनि मुद्दा दार गरि फरार रहेकाे साेही नगरपालिका नं.४ बस्ने बर्ष २३ को दिनेश भनिने दिर्घ कोईरालाला लाई प्रहरीले पक्राउ गरि अदालतमा पेश गरेकाेमा उनि पुर्पक्षका लागि थुनामा रहेकाे प्रहरीले जनाएकाे छ ।
यस्तै धनगढीकै १६ बर्षीया दृष्टिविहीन बालिकालाई बलात्कार गर्ने ४लाई पक्राउ गरि सामुहिक बलात्कारकाे कुसुरकाे अाशंकामा पकेराउ गरि अदालतमा बयान जारी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव निरिक्षक प्रतीक बिष्टद्वारा जारी विज्ञप्तिमा जनाईएकाे छ ।