समाजसेवी तथा साहित्यकार गगनसिंह थापाकाे निधन


टीकापुर १९ अशोज,    सुदुर पश्चिमका बरिष्ठ आख्यानकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा आज काठमाण्डुमा निधन भएको छ ।
२००५ सालमा अछामको पाटाखेतमा जन्मनु भएका थापा २०४९ र २०५४ साल गरी २ पटक जिल्ला विकास समिति कैलालीको सदस्यमा समेत निर्वाचित हुनु भएको थियो । राजनैतिकरुपमा नेपाली काँग्रेसका बौद्धिक नेताकारुपमा चिनिने थापा पछिल्लो पटक नेपाली साहित्य लेखनमा समेत समेत अबलरुपमा स्थापित हुनुभएको थियो ।
सुदुरपश्चिमा बसेर नेपाली आख्यानको क्षेत्रमा कलम चलाउदै आउनु भएका थापाको सोह्र सौगात(२०३५),कर्णालीका छेउछाउ(२०७०),पुर्खाको चिठी( २०७२),मेरो मधुशाला (२०७४),उज्वली(२०७६) र महाप्रलय(२०७७) गरी ६ ओटा कृतिहरु प्रकाशित भैसकेका छन भने अन्य १ दर्जन कृतिहरु प्रकाशनका क्रममा रहेका छन ।
सैना साहित्यिक पत्रिका टीकापुरका संस्थापक अध्यक्ष समेत रहनु भएका थापा मोबरा साहित्यीक पुरस्कार टीकापुर २०७३, र सुदुरपश्चिम साहित्यीक पुरुस्कार धनगढी २०७६ बाटबाट पुरस्कृति समेत हुनुभएको थियो ।
हाल जानकी गाउपालिका वार्ड नं.९ मा रहेको पुरानो विद्यालय अरुणोदय मावि खैरीफाँटाको संस्थपक तथा प्रधानाध्यापक समेत रहनुभएका थापा सोही विद्यालयको उच्चमाविको अध्यक्ष समेत हुनुभएको थियो ।
२०३६ साल देखि नेपाली काँग्रेसको राजनीतिमा संलग्न रहनुभएका थापा २०४२ सालमा प्रजातान्त्रीक आन्दोलनमा कृयासिल हुदा ६ महिना जेल समेत पर्नुभएको थियो ।
स्वर्गिय थापाको पार्थिब शरिर अन्तमि संस्कारका लागि काठ्माण्डुबाट गृह जिल्ला कैलालीको टीकापुर ल्याउने तयारी हुदैछ ।
उहाँको अन्तिम संस्कार पाताभार घाटमा गरिने छ भने श्रदाञ्जलीका लागि स्वर्गिय थापाको पार्थिव शरिरलाई टीकापुर स्थित नुतनकुञ्जमा राखिने र त्यस पछि उहाँको शवयात्रा कटाँसे स्थित उहाँको घरबाट गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्वर्गिय थापाका ३ छोरा, १ छोरी र १ श्रीमति रहनु भएको छ ।

Khaptadkhabar the love