
समाचार बिष्लेषण, खप्तड खबर डेस्क
सुरुवाती अवस्थाका सबै आकलन र विश्लेषणहरुलाई लगत सावित गर्दै नेपालमा कोरोना संक्रमणको तथ्याँक उकालो लाग्ने क्रम जारी छ । पंतिकारले यो लेख तयार गरीरहदा नेपालमा १५लाख २७ हजार ७ सय ६६ जनाको परिक्षण गरिदा हाल सम्म १ लाख ९१ हजार ३ सय २६ जनालाई संत्रलमण भएको र १ हजार ८७ जनाको मृत्यु भएको देखिन्छ । यो संख्या अझै उकालो लाग्ने अनुमान सजिलै लगाउन सकिन्छ । करिब ३ करोड जनसंख्या भएको दशमा कोरोनाको यो संक्रमण भयाबह नै हो । यो संख्या परिक्षण गरिएको संख्याको १२ दशमलब ५३ प्रतिशत हो र समग्र जनसंख्याको सुन्य दशमलब ६३ प्रतिशत हो । जबकी भारतमा यति तिब्र र धेरै संख्यामा परिक्षण हुदा समेत आजका दिन सम्म समग्र जनसंख्या को सुन्य दशमलब ६१ प्रतिशत जनसंख्यालाई मात्र संक्रमण भएको देखिन्छ ।
अहिले समुदायमा नै कोरोना संक्रमण देखिएको छ । संक्रमण भएका अधिकाँशमा लक्षण छैन । अहिले परिक्षणमा संलग्न मान्छेहरु अधिकाँश निशुल्क सुबिधा पाउने र पहुच भएकाहरु, अस्पतालमा गम्भीर शंकास्पद लक्षण देखिएका हरु, गम्भीर प्रकृतिका रोगको उपचार गराउन चिकित्सकको सल्लाह अनुसार परिक्षण गराउनेहरु र रोजगारीका लागि विदेश जानेहरु छन । अर्थात पहुच नभएको, लक्षण नदेखिएको ठूलो समुदाय अहिले परिक्षणको दायरामा समेटीन नसकेको यथार्थ हाम्रा सामु छ । त्यसैले संख्याका दृष्टिले हेर्दा हाल नेपाल देखिएको संक्रमणको अवस्था भयाबहको उन्मुख देखिन्छ । संक्रमणको यो अवस्था सम्म पुग्न हामी कहा नेर चुक्यौ, अर्थात कमजोरी कहा भयो भन्ने विषयमा चर्चा हुन सकेमा र कमजोरी सच्याउन सकिय त्यसले सकरात्मक प्रभाव पनि पर्न सक्छ । यो लेखमा मोटामोटीरुपमा कहाँ कसरी कमजोरी भए र नेपालमा कोरोना संक्रमणका लागि उचित बाताबरण भयो भन्ने विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।
१.सबै भन्दा पहिले आम जनताको लापरबाही बढी देखियो । कोरोना संक्रमण अवस्था लुकाउने, कोरोना संक्रमितसँगको सम्बन्ध लुकाउने, भौतिक दुरी कायम नगर्ने , मास्क नलगाउने, सेनिटाइजर साबुनको प्रयोग नगर्ने आदी यसले समुदायमा संक्रमण व्यापक बन्ने अवस्था आयो ।
२) संक्रमितको र संक्रमणबाट मृत्यु भएकाहरुको परिचय लुकाउने सरकारी नितिले पनि संक्रमण बढाउन भुमिका खेल्यो । सरकारले कम्तीमा संक्रमितहरु र संक्रमणबाट मृत्यु भएका नागरिकको परिचय खुल्ने गरी दैनिक सरकारी आधिकारी ओयभ साइडबाट सार्वजनिक गर्न सकेको भए सजक रहन चाहनेहरु सजक हुने थिए तर संक्रमित र मृतकको परिचय लुकाउने व्यवस्थाले संक्रमण फैलिदै गयो र अहिलेको अवस्था आयो ।
३)सरकारले लामो समय लकडाउनको घोषण गर्यो , आन्तरिक तथा बाह्य उडानहरु रोक्यो, यातायातमा रोक लगायो तर आइसोलेसनको तयारी अति न्युन रह्यो । चिकित्सकका लागि सुरक्षा सामाग्री मा नै लामो समय खर्च भयो । अस्पतालको क्षमता बृद्धि गर्ने तर्फ हामी असफल नै रह्यौं । यसको परिणम स्वरुप आज निजि तथा सरकारी अस्पतालहरुमा लक्षण देखिएका र जोखिममा रहेका संक्रमितहरु बेड नपायर न मर्नु पर्ने अवस्था रह्यो । देशकै नाम चलेको टिचिङ असपतालमा कार्यरत कर्मचारी आसियु नपाएर ज्यान गुमाउनु परेको भनेर बाहिर आएको समाचार बास्तविक लज्जास्पद छ । लामो लकडाउनले मान्छेको आम्दानी निकै साँहुरियो, सरकारी राजस्वको दायरा निकै साँघुरो भयो । तर लकडाउनमा कर्मचारी परिचालन। क्वारेन्टाइन सञ्चालन, सुरक्षा निकाय परिचालन र राहतका नाममा कनिका छराईले खर्च बढाए पनि सम्भावित महामारी थेग्न सक्ने पूर्वाधारहरु बनाउने तर्फ राज्य पूर्णरुपमा असफल रह्यो ।
४)विशेष गरी सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सरकारले न परिक्षणको दायरा बढाउन पूर्वाधारहरु थप्न सक्यो न त त्यहा कार्यरत स्वास्थ्य कर्मीहरु तथा चिकित्सकहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्रीहरु उपलब्ध सक्यो । सिमित स्रोत र साधनमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरुले सेवा प्रशाह गर्नु पर्यो जसका कारण स्वास्थ्यकर्मीहरु नै संक्रमित हुनु पर्ने र अस्पतालको सेवा प्रबाह साँघुरिने अवस्था आयो ।
५)अहिले यति व्यापक संक्रमणको अवस्थामा पनि सरकारी नितिमा भएको अस्फष्टताले संक्रमितहरुको उपचारमा अन्यौलता बढायो । कहिले संक्रमितले नै खर्च व्यहोर्नु पर्ने भन्दै सरकारले घोषणा गर्ने त कहिले निशुल्क उपचार गछौं भन्ने जस्ता दुबिधापूर्ण घोषणाले चिकित्सालयहरु र संक्रमितहरुमा अन्यौलता मात्रै बढाएन उपचार पाउनुपर्ने र उपचार गर्ने दुबै पक्षका बिचमा अन्यौलता बढ्यो र तयारी पूर्णरुपमा प्रभावित बन्न पुग्यो ।
यि र यस्तै अनेकौं कारणले अहिले संक्रमणको व्यापकता फैलिदै गयो । अब हामी बिगतमा भएका सकरात्मक पहल र कमी कमजोरीको समिक्षा गरेर नयाँ र सार्थक नितिको सिघ्र कार्यान्वयन गर्न नसकेमा संक्रमितले अस्पताल नपाएर मृत्युबरण गर्नु पर्ने अवस्था आउन सक्ने अवस्था छ । नागरिक सरकार दुबै सचेत नहुने हो भने संक्रमणले नेपालमा धेरै ठूलो क्षति पुग्न सक्ने देखिन्छ ।