लम्की,टीकापुर, खक्रौला सडक स्तरउन्नतीको मन्त्रीद्धारा सिलान्यास


लम्की १२ मंसिर
लम्की , टीकापुर खक्रौला सडक स्तरोन्नतीको आज उद्योग वाणिज्य तथा यातायात मन्त्री लेखराज भट्ट र भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले आज लम्कीमा सिलान्यास गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा यातायात मन्त्री लेखराज भट्टले कुनै पनि कुरालाई पुरानै नजरले हेर्न उपयुक्त नहुने बताउदै सरकारले देशको मुहार फेर्ने गरी विकास र समृद्धिका योजनाहरु कार्यान्वयन गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले लम्की टीकापुर खक्रौला सडक समयमा नै निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको बताउनु भयो । उहाँले कैलालीका साँसद झपट रावल, सुर्खेतका साँसद नवराज रावत र अछामका साँसद यज्ञ बोगटीको सिफारिसमा चिसापानी देखि सुर्खेत हुदै अछाम मँगलसैन जोड्ने सडक सरकारले निर्माण गर्ने बताउनु भयो ।
उहाँले नेपाल भारत र चिनलाई जोड्ने टीकापुरबाट सुरु भएर ताक्लाकोट जोड्ने सेती लोकमार्गको काम दुई खण्डमा सुरु गरिने चाँडै निर्माण सम्पन्न गर्ने गरी काम हुने बताउनु भयो ।
उहाँले पुर्व पश्चिम राजमार्ग चारलेनको बनाउन सरकार लागेको बताउदै टीकापुरको खक्रौला देखी खिमडी सम्मको जययात्राको सम्भावना अध्यान गरी चाँडै निर्माण गरिने समेत बताउनु भयो ।
उहाँले पूर्व पश्चिम विद्युतीय रेलमार्ग लाई चाँडै गड्डा चौकी पुर्याउने गरी निर्माण गरिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नं.२ का साँसद झपट रावलले लम्कीदेखि टीकापुर हुदै खक्रौलासम्मको सडकका लागि गरिएको प्रयास सार्थक भएको बताउदै यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
उहाँले अब कर्णालीमा जलमार्गका लागि अध्यान गर्दै खक्रौला देखी खिमडी सम्मको जलयात्रा आफ्नै कार्यकालमा सुरु गर्ने बताउदै सेती लोक मार्गलाई  निर्माण सम्पन्न गर्न लागि परेको बताउनुभयो ।
साँसद रावलले कर्णालीको पानी कैलालीवासीलाई भन्ने योजनाको यसै वर्ष अध्यान  गरिने समेत बताउनु भयो ।
कार्यक्रममाा बोल्दै साँसद नारदमुनी रानाले सुदुरपश्चिमको विकासका लागि बर्तमान सरकार लागि रहेको बताउनु
भयो ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सभामा विपक्षी दलका नेता रणबहादुर रावलले लम्की खक्रौला सडकको काम सुरु गरेकोमा सरकारलाइ धन्यवाद दिदै कुनै पनि काम गर्दा बिगतदेखी भएका प्रयासहरुलाई समेत बिर्सिन नहुने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य रतन थापा, लम्की चुहाका नगर प्रमुख महादेव वजगाई लगाएतले समेत बोल्नुभएको थियो ।

Khaptadkhabar the love