शेर बहादुर विष्ट
टीकापुर, १७ माघ
श्री त्रिपुरा समाजको नव निर्बाचित पदाधिकारीहरूको पदस्थापन शनिबार सम्पन्न भएको छ ।
हालै सम्पन्न साधारण सभाको निर्बाचन समितिका संयोजक श्री खगेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित पदाधिकारी हरू लाई सपथग्रहण तथा पदस्थापन गराईएको हो । कार्यक्रममा निर्बाचन समितिले पदाधिकाहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सधारण सभामा विभिन्न महानुभावबाट उठाईएको स्वच्छिक सहयोग रकम काठमाण्डौंको सिभिल अस्पतालमा लामो समय देखि उपाचारत क्यान्सर पिडित मातृका तिमिल्सैनाका भाइ प्रकाश तिमिल्सैनालाई नगद पन्ध्र हजार पचीस रुपैयाँ संस्थाका अध्यक्ष तारा प्रसाद अधिकारीले हस्तान्तरण गर्नु भएको थियो ।
हालै प्रथम साधारण सभाबाट निर्बाचित अध्यक्ष तारा प्रसाद अधिकारीले पदभार ग्रहण गर्दै त्रिपुरा क्षेत्र (तितौडा क्षेत्र) मा बसोबास गरेका समुदायलाई सहयोग गर्न र एकत्रित गर्न समाजको निर्माण भएको बताउँदै सबैलाई समेटिने बताउनु भयो ।
यस्तै उहाँले संस्था खडा गर्ने लामो समयदेखिको सबैका चाहना पूरा भएको बताउँदै सबै मिलेर यसलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।
पदभारपछि शनिबारै समितिको पहिलो बैठक बसेको थियो ।
हालै बसेको प्रथम साधारण सभाबाट अध्यक्षमा तारा प्रसाद अधिकारी, उपाध्यक्षमा जगनाथ प्रसाद रिमाल, महिला उपाध्यक्षमा कृष्णा भण्डारी महासचिबमा चक्रराज तिमिल्सैना, कोषाध्यक्षमा जय बहादुर बिष्ट, सचिबमा शेर बहादुर बिष्ट निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा द्वारिका प्रसाद तिमिल्सैना, जगनाथ ढुंगाना, हस्ता भण्डारी र टोप बहादुर बिष्ट निर्बाचित भएका थिए ।
कार्यक्रमको संचालन निर्वाचन समितिका सस्य कृष्ण प्रसाद जैशीले गर्नु भएको थियो भने नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक खगेन्द्र प्रसाद उपाध्यायले सपथ ग्रहण गराएका थिए ।