बाघकाे अाक्रमणबाट मृत्यु भयकी महिलाकाे परिवारलाई राहत


मसुरिया ९ फागुन
यहि फागुन २ गते बाघको अाक्रमणबाट मृत्यु भएको महिलाको परिवारलाई सामुदायिक वन समन्वय समिति गौरीगंगाले वन्यजन्तु क्षति राहत उपलब्ध गराउने भएको छ । गौरीगंगा -५ अण्डैयाको पुष्पाञ्जलि सामुदायिक वनमा कला धामीलाई पाटेबाघले अाक्रमण गरि मृत्युु भएको थियो । धामीका ४ बर्षका २ छोरी र २० महिनाका १ छोरा १ छोरी रहेका छन् । अाज बसेको सामुदायिक वन समन्वय समितिको बैठकले समवेदना प्रकट गर्दै संस्थाको वन्यजन्तु क्षति राहत कोष परिचालन निर्देशिका २०६५ र संसोधित निर्देशिका २०७६ मा व्यवस्था भए अनुसारको २० हजार रुपैया प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै बाघको अाक्रमणबाट घाइते भएका दुर्गा चौधरीलाई एम्बुलेन्स खर्च ५ हजार रुपैया दिने निर्णय गरेको छ । मानिस र वन्यजन्तु बिच भविष्यमा हुनसक्ने द्वन्द्व व्यवस्थापन तथा राहत उपलब्ध गराउन थप कोषको व्यवस्था गर्न सम्बन्धित निकायसँग सहयोग माग गर्ने निर्णय गरेको समितिका अध्यक्ष अोमप्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *