सरकारकै मुख्य अस्पतालमा लागु छैन सरकारी स्वास्थ्य विमा कार्यक्रम


काठ्माण्डौ १६ फागुन
सरकारले आम नागरिकको स्वास्थ्य सेवा दायित्व पुरा गर्न स्वास्थ्य विमा कार्यक्रम लागु गरेको भए पनि सरकार मातहतकै निजामति कर्मचारी अस्पतालमा सो सेवा लागु हुन नसकेको देखिएको छ ।
सरकारको सो कार्यक्रमलाई नेपाल सरकारको मुख्य सचिव वोर्डको अध्यक्ष रहेको अस्पतालले नै कार्यान्वयन गर्न अस्विकार गर्नुले सरकारी नितिलाई सरकारी अस्पतालले नै उलंघन गरेको देखिएको छ ।
गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न र स्वास्थ्य सेवामा आम नागरिकको पहुच स्थापित गर्न सरकाररले लागु गरेको स्वास्थ्य विमा कार्यक्रम सरकारको मुख्य सचिवको नेतृत्वमा रहेको अस्पतालले नै किन कार्यान्वयन गरेन भनेर प्रश्न उठेको सो अस्पतालमा उपचार गराइरहेका एक जनाले बताए ।
निजामति कर्मचारी अस्पताल सामान्य प्रशासन मन्त्रालयको मातहतमा रहेको र स्वास्थ्य विमा स्वास्थ्य मन्त्रालय मातहतको कार्यक्रम भएकोले अहिले सम्म सिभिल हस्पिटलले स्वास्थ्य विमा कार्यक्रम लागु नगरेको नाम नछाप्ने सर्तमा अस्पतालका एक कर्मचारी बताउछन । ।
नेपालका अधिकाँश निजि अस्पतालले समेत सरकारको स्वास्थ्य विमा कार्यक्रम लागु गरेको अवस्थामा नेपाल सरकारकै  सामान्य प्रशासन मन्त्रालयको मातहतमा रहेका अस्पतालहरुले कार्यक्रम लागु नगर्नुले अस्पतालमा उपचार गर्ने बिरामीहरु मर्कामा परेका छन ।
नेपालमा रगत सम्बिन्धि विभिन्न जटिल रोगको गुणस्तरिय उपचार हुने निजामति कर्म चारी अहस्पतालमा सरकारको स्वास्थ्य विमा कार्यक्रम लागु हुन सकेमा उपचार गर्ने सिमान्तकृत वर्गलाई थोरै भए पनि राहत हुने देखिन्छ ।
सरकारी स्वास्थ्य विमा कार्यक्रम सरकारी अस्पतालमा  नै किन कार्यान्वयन हुन सकेन भनेर हामीले प्रधानमन्त्री कार्यालयका प्रबक्ता शंकर नेपालसँग कुरा गर्दा उहाँले यो विषय सामान्य प्रशासन मन्त्रालयले ध्यान दिनु पर्ने कुरा भएको भन्दै पन्छिनु भयो ।
सो सम्बन्धि प्रतिकृया लिनका लागि नेपाल सरकारका मुख्य सचिव एवम निजामति कर्मचारी अस्पतालका अध्यक्ष शंकर दास बैरागीसँग प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।
निजामति कर्मचारी अस्पतालको निर्देशक चयनका लागि प्रक्रिया सुरु भईसकेकोले अब जनताबाट आएको यो गुनासो सुनुवाईको पहल गरिने प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताए ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

15 comments on “सरकारकै मुख्य अस्पतालमा लागु छैन सरकारी स्वास्थ्य विमा कार्यक्रम

Zithromax Sexually Transmitted Disease

Apexpesflept Suprax consequence levitra Attign viagra cialis comparison

Order Secure Bentyl 20mg Medication In Internet hydroxychloroquine 400 mg buy online

Leave a Reply

Your email address will not be published. Required fields are marked *