
टीकापुर ८ चैत्र
टीकापुर साँस्कृतिक समाजको आयोजनामा आज देखि टीकापुरमा होरी खेल्न सुरु गरिएको छ ।
टीकापुर खुला मञ्जमा सुरु गरिएको होरी आगामी १७ गते सम्म खेलिने छ ।
सुदुरपश्चिममा विशेष महत्वका साथ खेलिने होरी पर्वमा विशेष गरी भगवान राम र कृष्णको जिवन लिलासँग सम्बन्धित देउडाहरु गाएर खेल्ने परम्परागत चलन रहेको छ ।
टीकापुरमा टीकापुर साँस्कृतिक समाजले होरीलाई विशेष महत्वका साथ आयोजना गर्दै आएको छ भने यो क्षेत्रका बासिन्दाहरुले पनि होरीलाई हर्ष उल्लासका साथ खैल्दै आएका छन ।