
टीकापुर १४ चैत,
जानकी गाउपालिका वार्ड नं.८ मा रहेकाे ऐश्वर्य सामुदायिक बनकाे नेतृत्व चयनमा बिबाद देखिएकाे छ ।
सामुदायिक वनकाे हिजाेकाे साधारण सभामा काेरम नै नपुगेकाे अवस्था समुहका अध्यक्ष केशव शाहीले कार्यसमिति फेरि दाेहाेरियकाे भन्दै घाेषणा गरेकाेमा अाज केही अगुवाहरुले बिराेध गरेका छन ।
समुहका पुर्व अध्यक्ष तिर्थराज उपाध्याय,मानबहादुर चाैधरी, लालबहादुर थापा,ललित परियार,रामबहादुर थापा र सन्तलाल चाैधरीले अाज एक बिज्ञप्ति मार्फत साेकाे बिराेध गरेका हुन ।
विज्ञप्तिमा साधारण सभाका लागि ५१ प्रतिशत काेरम र विधान संशाेधनका लागि ६६ प्रतिसत उपस्थिति नपुगेकाे र काेरम पुर्याउन फर्जि हस्ताक्षर गरेकाे अाराेप लगाईएकाे छ ।
साधारण सभामा अान्तरिक लेखा परिक्षण प्रतिवेदन समेत पेश नगरिएकाे विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा हिजाे निर्णय अबैधानिक रहेकाले तत्काल अर्काे साधारण सभा बाेलाउन माग समेत गरिएकाे छ ।