
टीकापुर १४ चैत्र
शनिबार स्वास्थ्य राज्य मन्त्रि नवराज रावतलाई श्री त्रिपुरा समाज टीकापुरले एक कार्यक्रम गरि सम्मान गरेकाे छ ।बिगतमा अछामकाे त्रिपुरा क्षेत्रमा बसाेबास गरि टीकापुर नगरपालिकामा बसाे बास गर्ने समुदायकाे छाता संगठन त्रिपुरा समाज जिल्ला प्रशासन कैलालीमा दर्ता भई समाज कल्याण परिषदबाट स्वीकृत भएकाे बैधानिक सामाजिक संस्था हाे ।त्रिपुरा क्षेत्रबाट पहिलाेचाेटि राज्य मन्त्रि हुनु भएका रावतकाे जन्मथलाे अछाम जिल्लाकाे साबिक मष्टाबन्डालि गाबिस र हाल कमल बजार नगरपालिकामा पर्दछ ।सम्मान कार्यक्रममा एकअापसमा परिचयात्मक कार्यक्रम गरिएकाे थियाे ।उक्त कार्यक्रममा बाेल्दै राज्य मन्त्रि रावतले समाजसंग बस्दा अाफ्नै गाउघरकाे अागनिमाबसि भलाकुसारी गरेकाे भान भएकाे बताउदै संस्थालाई अाफुले हरतरहले सहयाेग गर्नेबताउनु भयाे ।यस्तै वहाले हरेक समुदायका अाफ्ना अाफ्ना रीतिरिवाज हुने बताउदै त्यसलाई जगेर्ना गर्नु पर्ने बताउनु भयाे ।कला र संस्कृतिलाई यस्ता सामाजिक संघसंस्था मार्फत एक पुस्ताबाट अर्काेपुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउदै त्यसाेगरिएन भने लाेप हुने बताउनु भयाे ।त्रिपुरा समाजका अध्यक्ष तारा प्रसाद अधिकारीकाेअध्यक्षतामा भएकाे कार्यक्रमलाई उपाध्यक्ष जगनाथ प्रसाद रिमालले स्वागत गरेका थिए भने सञ्चालन सचिब शेर बहादुर बिष्टले गरेका थिए ।