काठ्माण्डु ११ असार
माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा नेकपा विभाजन पछि एमाले तिर लागेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
यस अघि माओवादी केन्द्रले उनीहरले दलबदल गरेको जानकारी आयोगमा दिएका थियो ।
यसरी पद मुक्त हुनेमा रौतहटको मौलापुर नगर प्रमुख रिना कुमारी शाह,कटहरिया नगर प्रमुख सियाराम कुशबाह, देवाही गोनाही नगर उप प्रमुख,परनिया देवि, मैलापुर नगर उपप्रमुख गौरीशंकर प्रसाद,फतुवापुर विजय नगर उपप्रमुख कान्तिदेवी, माधवनारायण नगर उपप्रमुख सितल कुमारी शाह,यमुनामाई गाउपालिका उपाध्यक्ष गितादेवी शाह,लहान नपा सिराहका
सदस्य समतिलाल दास ताती, सम्सी गाउ पालिका मोहत्तरीका अध्यक्ष शेष फारुक, भजनी नपा कैलालीका उपप्रमुख छाया देवकोटा, गौरीगां ४ का अध्यक्ष भागिरथि बिष्ट, गोदावरी १ का अध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया ४ का अध्यक्ष पुरन विसी र ओखलढुँगाको चम्पादेवी गाउपालिका वार्ड नं.७ का अध्यक्ष शुरेस कुमार थापा रहेका छन ।