उपभाेक्ताकाे दबाब पछि टीकापुर खानेपानीकाे महसुल घट्याे


टीकापुर, ११ साउन
टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाईसंस्थाले हालै बृद्धि गरेको खानेपानीको महसुल घटाएको छ ।
खोनेपानीको महसुलमा बृद्धि गरेको भन्दै चौतर्फी जनगुनासो आएपछि खानेपानी संस्थाले महसुलमा पुर्नविचार गरी महसुल घटाएको हो ।
संस्थाले आइतबार आम उपभोक्ता, राजनितिक दल, समाजसेवी, बृद्धिजीवीहरुको सल्लाह सुझावका आधारमा साउन १ गतेदेखि लागु हुनेगरी नयाँ महसुल दर कायम गरेको छ ।
हाल नयाँ महसुलमा दरमा ० देखि १० युनिट (१००० लिटर) सम्म न्युनतम १ सय, २० युनिटसम्म प्रति युनिट १५ रुपैयाँ, ३० युनिट सम्म प्रतियुनि २० रुपैयाँ, ४० युनिटसम्म प्रति युनिट २५ रुपैयाँ र ४० देखि माथि प्रति युनिट ३० रुपैयाँ कायम गरिएको छ ।
खानेपानीले असार महिनाको महसुल बुझाई सकिएको उपभोक्ताहरुको अतिरिक्त रकम सम्बन्धित उपभोक्ताको खातामा अग्रीम भुक्तानी स्वरुप जम्मा गरिने जनाएको छ ।
यो सँगै संस्थाले खानेपानी थप प्रभावकारी र सुद्धता सहितको सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

One comment on “उपभाेक्ताकाे दबाब पछि टीकापुर खानेपानीकाे महसुल घट्याे

The assignment submission period was over and I was nervous, slotsite and I am very happy to see your post just in time and it was a great help. Thank you ! Leave your blog address below. Please visit me anytime.

Leave a Reply

Your email address will not be published. Required fields are marked *