
टीकापुर १३ साउन
वर्षका कारण आएको पहिरोले बुढीगँगा नदी थुनिएपछि तटिय क्षेत्रमा त्रास बढेको छ ।
बाजुराको जिल्लाको गौमुल गाउ पालिकामा आएको पहिरोका कारण बुढीगँगा नदी थुनिएकोले तटिय क्षेत्रमा हुन सक्ने क्षेतिलाई कम गर्न सबै सतर्क र सचेत हुन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ ।
नदी थुनियको सूचना प्राप्त भएपछि अछामका सहायक प्रमुुख जिल्ला अधिकारी रञ्जन तिमिल्सैनाले एक सार्वजनिक सूचना मार्फत सचेत रहन आग्रह गरेका हुन ।
बुढीगँगा नदीको आज बिहान ८ बजेको पानीको बहाब ३ दशमलब १० गेज रहेकोमा दिउसो १ः२० बजे २ दशमलब ५८ गेजमा घटेको देखिएको छ ।