
मातृका तिमिल्सेना
टीकापुर १६ भदौ
समाजमा अहिले पनि महिनावारीलाई पापकोरुपमा लिने गरिन्छ तर पश्चिम नवलपरासीको एक परिवारले आफ्नी छोरीको पहिलो महिनावारी भएको दिनलाई प्रत्यक वर्ष उत्सवकारुपमा मनाउन थालेको छ ।
गत वर्ष आजकै दिनमा महिनावारी भएकी आफ्नी छोरीको दोश्रो महिनावारी उत्सव उनीहरुले आज मनाएका छन ।‘हामीले जन्म दिन जस्तै बहिनीको पहिलो महिनावारी भएको दिनलाई उत्सवकोरुपमा मनाउछौं । सुनौल ५ का समिर परियारले भन्नुभयो ।
सुनौल नगरपालिका वार्ड नं.५ वस्ने १२ वर्षकी समिरा परियार गत वर्ष पहिलो पटक महिनावारी हुदा उनको परिवारले केक काटेर उत्सव मनाए । ‘ यस वर्ष पनि बहिनी महिनावारी भएको दिनलाई हामीले उत्सवकारुपमा मनाएका छौं’ समिराका दाजुु समिर परियारले खप्तड खबरसँग भन्नुभयो । ।
समिर महिनावारी अभियानमा लागेका अभियन्ता हुन । ‘अरुलाई सिकाउनु भन्दा आफ्नै परिवारबाट व्यवहारमा नै लागु गर्न हामीले यो अभियान सुरु गरेका छौ’ समिरले भन्नुभयो ।
महिनावारीलाई समाजले पापकोरुपमा बुुझ्ने गरेको बुझाईलाई परिववर्तन गर्ने र महिलाहरुको मनो विज्ञानमा महिनावारी पाप भएकाले समाजले अपहेलना गर्ने मनोविज्ञानलाई बदल्न यसले सहयोग गर्ने समिरको भनाई छ । ‘ महिनावारी कुनै पाप होइन, यो प्राकृतिक प्रकृया हो भनेर बुझाउनु अहिलेको आवश्यकता हो’ समिररले भन्नुभयो ।
घरमा ३ दाजुभाई की एक मात्रै बहिनी समिरा स्थानिय न्यु स्टार इंलिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्यानरत छन ।
महिलामाथी हुने हिंसा अन्त्य गर्ने पनि महिनावारी प्रतिको समाजको धारणा बदलिनु पर्ने लामो समयदेखि महिनावारी अभियानको नेतृत्व गरिरहनु भएकी अभियन्ता राधा पौडेल बताउनुहुन्छ ।
अहिले समाजमा घट्ने महिला हिंसाका घटना मध्य ९३ प्रतिसत घर परिवारमा घट्ने र त्यस मध्य ८३ प्रतिसत घरकै आफन्तहरुद्धारा घटाइने राष्ट्रिय महिला आयोगको तथ्याँकमा देखिन्छ । महिला हिंसाको यो तथ्याँकले छोरीहरुका लागि अहिले घर सबै भन्दा बढी असुरक्षित देखिन्छ ।
यस्तो अवस्थामा महिनावारी बिभेदले छोरीहरुलाई हेप्ने बनाउने पौडेलको भनाई छ । ‘घरमा नै छोरीको महिनावारी भएको दिनललाई उत्सवकारुपमा मनाउदा महिनावारी पाप नभएर प्राकृतिक प्रकृयाका रुपमा बुझ्न सहयोग हुन्छ’ पौडेलले भन्नुभयो ।
महिला हिंसा कम गर्न पहिलो सचेतना अभियान घरबाटै सुरु गर्नु पर्ने आवश्यकता रहेको पौडेलको भनाई छ ।
महिनावारी पाप हो भन्ने मानसिकता नै महिलाहिंसाको प्रमुख कारक रहेको पौडेलको दाबी छ । ‘ महिनावारीका बारेमा परिवारलाई सचेत गराउन सकिएमा महिला हिंसामा कमी आउने देखिन्छ’ पौडेलले भन्नुभयो ।
पहिलो पटक महिनावारी हुदा छोरीहरु समाजको डरले लुक्ने र डराउने प्रचलन अहिले पनि समाजमा छ ।