काठमाडौं २१ भदौ, प्रमुख विपक्षी नेकपा एमालेले पर्सिदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटामाथि प्रश्न उठाउने भएको छ ।
सभामुख सापकोटा एमाले विभाजनको षड्यन्त्रमा समेल भएको भन्दै अध्यक्ष ओलीले उनले सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने बताए । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘पर्सि संसद सुरु हुँदैछ । हामी सोध्नै पर्नेहुन्छ, अग्निप्रसाद सापकोटा सभामुखको हो कि गठबन्धनको प्यादा ?
प्रमुख प्रतिपक्षी पार्टी फटाउने षड्यन्त्रमा सामेल भएको र उनले निष्पक्ष रुपमा सभामुखको भूमिका निर्वाह गर्न नसक्ने ओलीले बताए ।
सभामुखको कुर्सीमा बसेर सापकोटाले संसद पुनर्स्थापना अधिनायकवादको पराजय हो भनेको भन्दै ओलीले अघि भने, ‘कुनै महत्व थाहा छैन, त्यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ । कस्तो दुर्भाग्य यो देशको, लडेर वलिदान दिएर यत्रो सिस्टम ल्याइयो । त्यो सिस्टमको टुप्पा टुप्पामा हेर्नुस् त कस्ता मान्छे छन् ?’
One comment on “अग्नि सापकोटालाई ओलीको प्रश्न : तपाईं सभामुख कि गठबन्धनको प्यादा ?”
www.a913.vip
September 6, 2021 at 5:40 pmHello There. I found your blog the use of msn. That is a very well written article.
I’ll be sure to bookmark it and return to learn more of your
useful info. Thank you for the post. I’ll definitely return.
Also visit my web site :: http://www.a913.vip