सङ्खुवासभा सामूहिक हत्याकाण्ड : एक जना पक्राउ


किमाथाङ्का, २६ भदौ

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

गत सोमबार मादी –१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति कार्की परिवारकै आफन्त भएको सङ्खुवासभाका प्रहरी प्रमुख सुवेदीले जानकारी दिनुभयो । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका ती व्यक्तिको नाम आइतबार नै सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

4 comments on “सङ्खुवासभा सामूहिक हत्याकाण्ड : एक जना पक्राउ

0 years than HPV unrelated cancers mean age, 63 buy priligy generic Food and Drug Administration FDA granted a Fast Track designation to a treatment for CCR5 positive metastatic triple negative breast cancer; granted Breakthrough Device designation to a test for the postsurgical detection and quantification of circulating tumor DNA ctDNA;

You will be awake during your LASIK procedure, but there is a chance you may receive medicine to help you relax where can i buy priligy

buy cheap cytotec prices In Schwartz and Koenigsberg, the administration of furosemide and nitroglycerine morphine sulfate resulted in the resolution of naloxone induced non cardiogenic edema 12

can you buy cheap cytotec for sale Radio immunoassay of oestrone and oestradiol in human plasma

Leave a Reply

Your email address will not be published. Required fields are marked *