सुदूरपश्चिममा ‘अट्वारी’ पर्व उल्लासपूर्वक मनाइँदै


टीकापुर २७ भदौ, थारु समुदायमा मनाइने अट्वारी पर्व आज सुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा थारु समुदायले धुमधामका साथ मनाई रहेका छन । अट्वारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा अज सार्व जनिक विदा दिएको छ ।

आपसी सद्भाव, एकता, र सम्बन्ध सुदृढ पार्ने सो पर्व विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी डगौंरा समुदायमा मनाइने गरिन्छ ।

सो समुदायले आइतबारको दिनलाई ‘अट्वार’ नामले चिन्ने हुँदा यसै दिन यो पर्व मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन प्रारम्भ हुने यो पर्वपछि उक्त समुदायले आफ्नो लोकसंस्कृतिसँग सम्बन्धित नाचगान एवं सास्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् ।

वर्षा ऋतुमा खेतीका काममा निकै व्यस्त रहने यो समुदायका व्यक्तिपर्व सुरु भएसँगै भने खेतीपातीका लागि गर्नुपर्ने कामको बोझ हटेको मान्दछन् । कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै ती समुदायका मानिस टोलटोलमा सामूहिकरूपमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ । यसरी व्रत बसेकाहरुले साँझपख आ–आफ्नो घरमा खानाका मिठा परिकारको व्यवस्था गर्ने गर्दछन् । खानाको व्यवस्थापनपछि पूजामा बस्ने गर्दछन् । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई बर्तालुहरुले प्रसादका रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान यो परिकार विवाहिता आफ्नी छोरी, बहिनीको घरसम्म पु¥याइदिने प्रचालन छ ।

पूजाको काम सकिएपछि छोरी बहिनीलाई ‘अग्रासन’ अर्थात् खानका मिठा परिकार उपलब्ध गराउने व्यवस्था गरिन्छ । यस्तो कामलाई ‘अग्रासन’ दिने भनिन्छ । अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारतको युद्धमा पराजित भई वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको यो समुदायका अगुवाहरु बताउँछन् ।

यस पर्वको दिनदेखि चौधरी समुदायमा ‘बड्कीमार’ अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ । सुदूरपश्चिम प्रदेश सरकारले अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

भातृत्वको सन्देश दिन सकोस् : मुख्यमन्त्री भट्ट

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अट्वारी पर्वले सामाजिक, सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले पर्वका अवसरमा थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

“थारू समुदायले मनाउने विभिन्न पर्वमध्ये महत्वपूर्ण पर्व अट्वारीलाई आफ्नै मौलिकरूपले मनाउँदै आएका छन्”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “यस्ता पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने विश्वास लिएको छु ।” साथै उहाँले कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई पर्वलाई खुशीयाली साथ मनाउन आग्रह समेत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
–––

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

14 comments on “सुदूरपश्चिममा ‘अट्वारी’ पर्व उल्लासपूर्वक मनाइँदै

Very interesting info!Perfect just what I was looking for!Blog money

casibom giris: casibom 158 giris – casibom giris
casibom giris adresi

NormanRer

farmacia online barata y fiable: precio cialis en farmacia con receta – farmacias online seguras en espaГ±a

NormanRer

viagra entrega inmediata: sildenafilo precio – viagra online cerca de bilbao

NormanRer

farmacia online envГ­o gratis: Tadalafilo precio – farmacia en casa online descuento

EdisonVow

migliori farmacie online 2024: Farmacie on line spedizione gratuita – comprare farmaci online con ricetta

EdisonVow

acquisto farmaci con ricetta: Farmacia online migliore – acquistare farmaci senza ricetta

EdisonVow

п»їFarmacia online migliore: Farmacia online piu conveniente – Farmacie online sicure

PatrickAnals

farmacie online affidabili: Cialis generico 20 mg 8 compresse prezzo – comprare farmaci online all’estero

ArnoldDix

10mg prednisone daily: prednisone 10mg tablet price – purchase prednisone no prescription

JosephDam

can you buy ventolin over the counter: buy Ventolin – ventolin tablet price

JosephDam

ventolin 500 mg: buy Ventolin – ventolin 90 mg

JosephDam

neurontin 800: prescription drug neurontin – 800mg neurontin

TimothyMousa

buying prescription drugs in mexico: mexican pharma – mexican mail order pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *