सडक दुर्घटनामा मृत्यु


कञ्चनपुर, २९ भदौ
बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र०१००९प ५०५८ नंको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइल ठोक्किँदा उनी सख्त घाइते भएका थिए ।

तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारीदिनुभयो ।
यसैबीच भीमदत्त नगरपालिका–११ भुजेलास्थित साइवन नहरमा सोमबार अन्दाजी वर्ष ४५ का पुरुषको शव प्रहरीले फेला पारेको छ । नहरमा कम्मरदेखि खुट्टासम्मको भाग देखिएको र कम्मरभन्दा तल टाउकोसम्मको भाग पानीमा घोप्टो डुबेका अवस्थामा पुरुषको शव फेला परेको प्रनाउ न्यौपानेले बताउनुभयो ।उहाँका अनुसार बरामद शवको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

One comment on “सडक दुर्घटनामा मृत्यु

fenofibrate 160mg drug fenofibrate 200mg cost tricor 160mg cheap

Leave a Reply

Your email address will not be published. Required fields are marked *