महेन्द्रनगर, २९ भदौ
गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो ।
शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमुलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा वन्यजन्तुको उद्धार गर्न यहाँ अहिलेससम्म उद्धार केन्द्र नै छैन् । “बाघ पासोमा परेर घाइते भएकै दिन उद्धार गर्न सकिएको भए बचाउन सकिन्थ्यो, उद्धार टोली अर्को दिन पुग्न नपाउँदै बाघको मृत्यु भयो”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भन्नुभयो, “वन्यजन्तु उद्धार केन्द्र आवश्यक छ, तर स्थापना गर्न सकिएको छैन् ।”
विसं २०२६ मा स्थापना भएको शुक्लाफाँटा आरक्षको स्तरोन्नति हुँदै राष्ट्रिय निकुञ्ज बनिसक्दा पनि यहाँ वन्यजन्तु उद्धार केन्द्र बन्न सकेको छैन । “हिंसक वन्यजन्तु उद्धार गर्नुपरे यहाँ जनशक्ति अभाव छ”, पुर्जा पुनले भन्नुभयो, “हिंसक वन्यजन्तु उद्धार गर्न समस्या हुने गरेको छ ।” राष्ट्रिय प्रकृति संरक्षण कोषसित पनि वन्यजन्तुको उद्धारमा खटिने दक्ष जनशक्ति अभाव छ ।
“हिंसक वन्यजन्तुलाई लठ्ठ पारेर उद्धार गर्नुपर्ने हुन्छ, त्यसो गर्न प्राविधिक टोली यहाँ छैन”, उहाँले भन्नुभयो । निकुञ्जको सुरक्षामा नेपाली सेना र निकुञ्ज प्रशासन सक्रिय रहँदै आएको छ । वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि पटक पटक पहल भए पनि कुनै सुनुवाइ नभएको निकुञ्जले जनाएको छ ।
केही वर्षअघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामुदायिक वनमा पासोमा परेको चितुवा उद्धारका क्रममा कर्मचारी घाइते भएका थिए । सो चितुवा उद्धारका लागि पनि बर्दियाबाट नै टोली यहाँ मगाइएको थियो । शुक्लाफाँटा निकुञ्जसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमासमेत वन्यजन्तुको चहलपहल छ ।
शुक्लाफाँटा १९ पाटे बाघ, झण्डै तीन हजार बाह्रसिङ्गे, १७ गैँडालगायत वन्यजन्तुको बासस्थान हो । चारैतिर मानव बस्ती र नेपाल–भारत सीमाना रहेकाले शुक्लाफाँटामा वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।
3 comments on “सुदूरपश्चिममा वन्यजन्तु उद्धार केन्द्र नहुँदा समस्या”
Intasuase
November 8, 2024 at 3:28 ampriligy walmart Rare cases of severe enlargement of the ovaries with rupture and internal bleeding have been reported
Intasuase
November 20, 2024 at 11:25 amJohn Doerr, the venture capitalist who backed Amazon early and was on its board of directors for a decade, calls AmazonГў buy priligy without a script
where to buy cheap cytotec no prescription
November 28, 2024 at 1:31 pm5 mg dL, cerebrovascular disease e cytotec where to buy This result is consistent with labelling from retrograde injections in various thalamic nuclei posterior complex PO, ventral anterior lateral complex VAL and ventral medial nucleus VM and cortical areas such as MOs and SSp