वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग


कर्णाली, ८ असोज
वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उहाँको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।

नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गर्नुभएको छ । नगरपालिकाले कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने कार्यलाई गम्भीर अपराध भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सना गरेको छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

One comment on “ वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/cs/register?ref=V2H9AFPY

Leave a Reply

Your email address will not be published. Required fields are marked *