मुख्यमन्त्री र मन्त्रीको गलामा ४० किलोको माला, हेलिकप्टरको भाडा गाउँपालिकाको खातामा


दिपकजंग शाही
सुर्खेत १० असोज
  कर्णाली प्रदे्शका मुख्यमन्त्री सहतिको टोली आफुहरु चढेको हेलिकप्टरको भाडा स्थानिय तहले तिर्ने गरी एक विद्यालयको उदघाटनमा सहभागि भएका छन ।
    महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गरेका छन्। उनीहरूले जगदुल्ला गाउँपालिका-५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गरेका हुन्।

सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उनीहरूले विद्यालयको उद्घाटन गरेका हुन्। उनीहरू हेलिकप्टरमा डोल्पा पुगेको खर्चमध्ये केही रकम जगदुल्ला गाउँपालिकाले व्यहोर्ने छ।

गाउँपालिका अध्यक्ष नारसिंह रोकायाले हेलिकप्टरको कूल खर्चमध्ये कति रकम व्यहोर्ने भन्ने खुलाउन चाहेनन्।

‘उहाँहरू उद्घाटनका लागि आउनुभएको हेलिकप्ट

विद्यालय उद्घाटन गर्न जाँदा चढेको हेलिकप्टर खर्चको भार गाउँपालिकालाई बोकाएका मुख्यमन्त्री शाही र उद्योग मन्त्री बुढालाई स्थानीयले पनि ४० किलोको मालाको भारी बोकाएका छन्।र खर्चको केही प्रतिशत योगदान गर्ने भन्ने कुरा भएको हो, खासै धेरै छैन,’ अध्यक्ष रोकायाले भने।

उद्घाटन सत्रमा मुख्यमन्त्री शाही, उद्योग मन्त्री बुढा र गाउँपालिका अध्यक्ष रोकायालाई स्थानीयले बनाएको ४०/४० किलोको माला लगाइदिएका थिए।

उक्त माला लगाएको उनीहरूको तस्बिर अहिले सामाजिक सञ्चालनमा चर्चामा छ।

गाउँपालिका अध्यक्ष रोकायले स्थानीयले आफूहरूलाई लगाएको ठूलो मालालाई स्थानीयको खुशीयालीका रूपमा ग्रहण गरिएको बताए।

 

‘त्यति ठूलो माला लगाउनुको अर्थ वा सन्देश अरू केही भए हामीलाई थाहा भएन, मुख्यमन्त्री र मन्त्री पुगेपछि स्थानीयले खुशी भएर ठूलो माला लगाएका होलान्,’ अध्यक्ष रोकायले भने, ‘माला अगाडि आइसकेपछि अतिथिले लगाउँदिनँ भन्न पनि मिलेन, हामीले पनि त्यसरी नै ग्रहण गरेका छौं।’

गैरीगाउँमा बनेको उक्त दलित आवासीय विद्यालयको भवनसँग उनीहरूले गाउँपालिकाको प्रशासकीय भवनको पनि उद्घाटन गरेका थिए।

१ करोड ७० लाख लागतमा बनेको दलित आवासीय विद्यालयमा कर्णाली प्रदेश सरकारले ६० लाख लगानी गरेको छ। बाँकी १ करोड १० लाख रुपैयाँ गाउँपालिका आफैंले लगानी गरेको हो।

प्रदेश सरकारले उक्त रकम भवन निर्माणमा भन्दा पनि व्यवस्थापनमा खर्च भएको गाउँपालिका अध्यक्ष रोकायाले बताए।

एक वर्षमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको छ।

जगदुल्ला-५ का वडा अध्यक्ष भीमबहादुर बोहराका अनुसार दलित आवासीय विद्यालय भवनमा २४ वटा कोठा छन्। तीमध्ये केही आवास र केही कक्षा कोठाको रूपमा प्रयोग गरिने छ।

उक्त ठाउँमा पहिले ज्ञानोदय आधारभूत विद्यालय थियो। अहिले उक्त विद्यालयलाई नै आवासीय विद्यालयका रूपमा बनाइएको वडाध्यक्ष रोकायले बताए।

उक्त विद्यालयमा अहिले १५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उनले बताए।(सेतोपाटीबाट)

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *