टीकापुर, ६ कार्तिक
बाढीले गरेको क्षती निरिक्षण गर्न शुक्रवार टीकापुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानियहरुबाट माग पत्रको भारी नै बुुझाईयो ।
प्र्रधानमन्त्रीलाई टीकापुर नगरपालिकाले लगाएत विभिन्न पार्टीहरुका तर्फबाट बाढीले टीकापुरमा गरेको क्षतिको राहतका लागि ज्ञापन पत्र बुझाइएको छ ।
बानढीको नियन्त्रणमा आएको मुलुकको प्रधानमन्त्रीबाट पिडितले राहतको आशा गर्नु स्वभाविक हो ।
प्रधानमन्त्री आउको अवसरमा टीकापुर क्षेत्रका तर्फबाट यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रेशम चौधरीको रिहाईको लागि समेत माग पत्र बुझाइएको छ । माग पत्रहरु बुझाउने क्रममा पढ्न समेत दिइएन । खाली बुझाउने काम मात्र भयो ।
कार्यक्रम एकलौटी भएको गुनासो
काँग्रेस बाहेकका दलहरुबाट देशको प्रधानमन्त्री आएको कार्यक्रम काँग्रेसको आम सभा जस्तो भएको प्रतिकृया आएको छ ।
कार्यक्रममा स्थानिय सरकारको भूमिका निस्तेज पार्ने काम भएको र स्थानियवासीका तर्फबाट समेत काँग्रेसकै मान्छेलाई मात्रै बोल्न दिएको उनीहरुको गुनासो छ ।
‘बाढीको समस्या निरिक्षण गर्न आएका प्रधानमन्त्रीलाई कुनै एक पार्टीले मात्रै आफ्नो पेवा सम्झीनु हुदैनथ्यो’ एक जना स्थानियवासीको भनाई थियो ।
2 comments on “प्रधानमन्त्रीलाई बाढीपिडितलाई राहत देखी रेशम चौधरी रिहाई सम्मका ज्ञापन पत्र, कार्यक्रम एकलौटी भएको गुनासो”
20bet
September 6, 2023 at 8:28 amYour article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.
binance register
February 20, 2024 at 9:56 pmYour article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/en/join?ref=UM6SMJM3