हाकिम आउदा वा जाँदा तालाबन्दी गर्दै जाने हो भने कहाँ पुग्ला हाम्रो नगरपालिका


मातृका तिमिल्सैना
बिहान करिब साढे ११ बजे तिर बजारबाट हिड्दै गर्दा टीकापुर नगरपालिकाको गेट अगाडी एउटा भिड देखियो । नजिकै गएर एक जनासँग के को आन्दोलन भएछ फेरि ? भनेर बुझ्दा हाकिम सरुवा हुनुहुदैन भन्ने आन्दोलन हो भनेर जवाफ पाइयो । मलाई कौतुहलता भयो कार्यालयको कर्मचारी को आउने भनेर आम मान्छेलाई खासै चाँसो हुदैन । मलाई पनि हुने कुरो भएन । तर यसरी आन्दोलन किन ? केही रहस्य छ भनेर म भिड तिर लागेँ ।
भिडको बाहिरी घेरामा रहेका करिब ४/५ जनासँग बुझ्ने प्रयास गरें । धेरैबाट जवाफ आएन । केहीले थाहा छैन , जानुपर्छ भने आयौं भने । अलि अघिल्लो तिर नागरिक उन्मुक्ति पार्टीका केही स्थानिय नेताहरु देखिन्थे । उहाँसँग बुझ्दा हाकिम सरुवा किन भयो भनेर आन्दोलन रहेछ भन्ने जवाफ पाइयो ।
ओ हो टीकापुर त निकै अगाडि बढेको रहेछ । मैले करिब २ दशक लामो पत्रकारिता गरिरहदा टीकापुर नगरपालिकाको हाकिम को आयो कसैलाई रोक्नु पर्छ वा ल्याउनु पर्छ भनेर आन्दालन गरेको सामान्यतया देखेको थिएन । आज किन राजनैतिक चलखेल भैरहेको छ भन्ने विषयमा बढी चाँसो भयो ।

आन्दाेलनकारीले का.भा.मेयरलाई ज्ञापन पत्र दियर हािकम सुरुवाकाे बिराेध समेत गरेका रहेछन ।
स्थानिय सामाजिक कार्यकर्ताका रुपमा रहदा मैले टीकापुर नगरपालिका भित्रका सबै गतिबिधिहरु नजिकबाट नियाल्दै आएको हुँ । त्यहा भित्रका सबै घटनाक्रम मध्य गम्भीर ठाउमा मैले आफ्नो धारणा पनि सार्वजनिक गर्दै आएको छुँ । तर यसरी लेख मार्फत नै धारणा सार्वजनिक गनु परेकाे पहिलो पटक हाे। किनकी टीकापुर नगरपालिका भित्रको कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षप भएमा यसले टीकापुरलाई दिर्घकाल सम्म असर गर्ने छ ।
पहिलो कुरा जो सुकै कर्मचारी आएपनि उसले नेपालको कानुन अनुसार काम गर्नु पर्छ । कानुन भन्दा बिपरित कुनै कर्मचारी गएमा उसले दण्डित हुनुपर्छ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाएत थुप्रै निकायहरु छन । त्यसैले कुनै हाकिम आउदा यसलाई रोक्न तालाबन्दीमा कार्यकर्ता उतार्ने हो भने भिडले शासन गर्ने  प्रचलन बढ्ने छ । भिडले शासन गर्ने प्रचलन बढेमा त्यहा भित्र कानुनी शासन हराउने निस्चित छ ।
शिविर भित्र गएर नगर सभाका एक जना सदस्य र कार्यपालिकाकै एक जना सदस्यहरुले भिड जम्मा गर्न अघिल्लो दिन कसरत गरिरहेको सूचना आएकै थियो । नगरको नेतृत्व गरिरहेको पार्टीले यस्ता गैरजिम्मेवार काम गर्दैन होला भनेर सोचियो तर जुन काम हुदैन भनेर सोचिएको थियो त्यहि काम भएछ ।
कुनै पनि स्थानियतहका कार्यकारी प्रमुखले नगर प्रमुख र उप प्रमुखको निर्देशनमा काम गर्नु पर्छ तर नेताहरुको निर्देशन कानुन अनुसार छैन भने सकिदैन भनेर उनिहरुले भन्न सक्नु पर्छ । जनप्रतिनिधिको काम निति बनाउने हो, निति अनुसार भएका निर्णय कार्यान्वयन गर्ने काम कर्मचारी संयन्त्रको हो । हाम्रो संविधान र ऐनले परिकल्पना गरेको विषय पनि यहि हो । ऐन अनुसार स्थानिय सरकारको प्रमुख कार्यकारी अधिकृत संघिय सरकारले सरुवा गरेर पठाउछ ।
आज कुनै हाकिम आयो वा गयो भने भिड जम्मा गर्ने कामको सुरुवात गरियो भने भोदि अर्को हाकिम आउनु हुदैन वा अहिलेकै हाकिम हुनुपर्छ भनेर अरु पार्टीले पनि भिड उतार्ने र नगरपालिकामा तालाबन्दी गर्न थाले भने नगरपालिकाको सेवा प्रबाह कस्तो हुन्छ ?नगरको नेतृत्व गरिरहेको मान्छेले यो कुरा पनि सोच्ने कि ?
त्यसैले नगरपालिकालाई राजनैतिक अखडाकोरुपमा विकास नगरौं । कानुन अनुसार चल्न दिनु पर्छ । कुनै कार्यालय प्रमुख बस्दा वा जाँदा केही फरक पर्दैन । हो कार्यालय प्रमुखलाई आफ्नो अनुसार चलाउन नसकिएला कि भन्ने पिर हो भने त्यो नेतृत्वको असक्षमता हो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *