![](https://khaptadkhabar.com/np/wp-content/uploads/2023/04/IMG_20230406_132548-730x300.jpg)
लम्की २३ चैत
नेकपा एमाले द्वारा सञ्चालित मिसन ग्रास रुट अभियान अन्तरगत अाज लम्की चुहामा समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट रहनु भएकाे थियाे । कार्यक्रममा केन्द्रीय सदस्यहरु कमला बाेहाेरा, कमला ओली उपस्थित रहनु भयकाे थियाे ।
कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु जपल्ला अध्यक्ष दुर्गा जाेशी सचिव डे.जि पाण्डे जिल्ला किमटी सदस्यहरु स्थानिय पालिकाका पदाधिकारिहरु र कार्यकर्ताहरुकाे सहभािगता रहेकाे थियाे ।
कार्यक्रममाबाेल्दै प्रमुख अतिथि पार्टीका केन्द्रिय
सचिव लेखराज भट्टले अभियानले एमाले थप एकतावद्व भयर अगाडि ढ्ने बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै विशिष्ठ अतिथि केन्द्रीय सदस्य कमला बाेहाेराले अभियानका क्रममा पार्टीकाे आधारभुत तहमा पुग्दा निर्वाचनका क्रममा पार्टीका उम्मेद्वारलाई हराउन पार्टी भित्रकै केही मान्छे लागेकाे पाईएकाे बताउदै यस्ता प्रबृत्ति अन्त गर्न सबै लाग्नुपर्ने बताउनु भयाे ।
कार्यक्रममा बाेेल्दै एमालेका केन्द्रिय सदस्य कमला ओलीले पार्टी भित्रकाे गुटबन्दिले पार्टी कमजाेर हुने अवस्थामा पुगेकाे बताउदै यस्ता प्रबृत्ति अन्त गर्न नेतृत्व लाग्नु पर्ने बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै नेकपा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य तपेन्द्र रावलले पार्टीमा देखिएकाे सागठनिक अराजकता नियन्त्रण गर्ने हाे भने मिसन ग्रास रुटले मात्रै नपुग्ने बताउदै पार्टीले मिसन हेड क्वाटर समेत सञ्चालन गर्न आवश्यक रहेकाे बताउनु भयाे ।
कार्यक्रमकाे अध्यक्षता गाउँ कमिटी अध्यक्ष लालबहादुर बाेगटी र सञ्चालन सचिव शेरबहादुर बिष्टले गर्नु भयकाे थियाे ।