नगरपालिकालाई नागरिक समाजले भन्याे” मिलेर राम्राे काम गर”


टीकापुर २४ चैत्र

टीकापुर नगरपालिकामा भएकाे गतिबिधि तथा नगरपालिकाले गरेका कामकाे काम र त्यसले पार्ने प्रभावलाई बेलैमा सच्याएर अगाडि बढ्नकाेलागि टीकापुर नगर नागरिक समाजले ६ बुदे ज्ञापन पत्र बुझाएकाे छ ।नागरीक समाज टीकापुरकाे यहि च‌ैत्र २४ गते बसेकाेकाे बैठकले गरेकाे निर्णय अनुसार टीकापुरनगरपालिकामा कर्मचारी कर्मचारी बिच र जन प्रतिनिधि जनप्रतिनिधि बिच भएकाे असम्झादारीले गर्दा नगरलाई दिर्घकालिन असर पर्ने भएकाले समयमै मिलाएर लैजान अनुराेध गरेकाे छ ।नगरपालिकाले प्रवाह गर्ने सेवा मध्ये आर्थिक प्रशासन खरिद ,पेश्कि र बेरूजुका बिषयमा जन प्रतिनिधि र लेखासमिति बेखबर रहेकाे जस्ता कुरालाई छानबिनबारे माँग गरिएकाे छ ।यस्तै टीकापुरमा निर्माण भैरहेका ठुला बाटाे लगाएत ठुला आयाेजनाकाे निगरानि गरिनु पर्ने र मुख्य सडकका चाेकलाई गाडि घुम्नेगरि फराकिलाे बनाउन र चाेककाे चिनारीकालागि नाम प्लेट तथा सकेसम्म सालिककाे निर्माण गरिनु पर्ने माँग गरिएकाे छ ।टीकापुरमा हुन लागेकाे साहित्य मेलालाई नगरपालिकाले जिम्मेवारीपुर्बक सफल पार्नु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।टीकापुर नगरपालिका नागरिक समाजका अध्यक्ष भिमराम चपाईले उप प्रमुख खडक शाहलाई ज्ञापन पत्र बुझाउनु भएकाे थियाे ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

One comment on “नगरपालिकालाई नागरिक समाजले भन्याे” मिलेर राम्राे काम गर”

It’s hard to come by educated people for this topic, but you
sound like you know what you’re talking about! Thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *