टीकापुर २० कार्तिक
टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपी बिधिबाट पित्तथैलीको स्टोनको अप्रेसन गरिएको छ। जटिल अप्रेसन मानिने पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका(२ की ३७ वर्षीया रमिता चौधरीको अप्रेसन गरिएको छ।
टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले टीकापुर अस्पतालमा पहिलो पटक यस्तो अप्रेसन गरेको हो।
‘ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले ‘जटिल अप्रेसन मानिने पित्तथैलीको अप्रेसन सफल रुपमा सम्पन्न भएको र अब यस्ता समस्याको नियमित अप्रेसनहरू सुरु हुने बताउनु भयो।
अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी लामो समयदेखि पत्थरीबाट पीडित थिइन्।
पछिल्लो समय टीकापुर अस्पताल यो क्षेत्रका बिरामीहरुका लागि उपचारको भरपर्दो एक मात्र अस्पतालका रुपमा विकसित हुदै गएको छ ।
2 comments on “टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपी बिधिबाट पित्तथैलीको स्टोनको उपचार”
VickeyF
July 13, 2024 at 1:34 amVery interesting points you have observed, thanks for putting up.Blog monetyze
Intasuase
November 20, 2024 at 1:08 pmShe shown so much care and compassion emla cream and priligy tablets Developing a Protocol for Observational Comparative Effectiveness Research OCER A User s Guide XXX under Contract No