टीकापुर,१९ पुस
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूर पश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८० को समुदघाटन उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले गर्ने भएका छन् ।
संघले यही पुष २७ गतेदेखी माघ ८ गतेसम्म टीकापुरस्थित खुल्ला मैदानमा महोत्सवको आयोजना गर्ने भएको छ ।
महोत्सवलाई टीकापुर ट्युसन सेन्टर (टिसिसी) ले टाइटल प्रायोजन गर्ने सहमति भएको छ ।
महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका महोत्सव तयारी तथा व्यवस्थापन समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए ।
उनले यसवर्ष समेत महोत्सव स्थलमा थारु गाउँ, कृषि प्रर्दशनी, विज्ञान प्रदशर्नी, अटोमोवाइल्स, रमाईलो मेला का साथै व्यापारिक स्टलहरु रहने बताए । यसवर्ष महोत्सव स्थलमा करिव २ सय स्टल रहने छन ।
उनका अनुसार महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको छ । उनले यसवर्ष सत्तीस्थित बेतबाँसका सामाग्रीबाट बनेको मायाको चिनो वितरण गरिने बताए ।
महोत्सवमा गायिकाहरु शान्ति श्री परियार, एलिना चौहान, रचना रिमाल,प्रिती आले, अस्मिता अधिकारी, थारु गायिका अञ्जू कुश्मी, सोनु कुश्मी खुशी रत्गैया, अनिता चलाउने, अन्नु चौधरी, गायकहरु चक्र बम, देउडा गायक लाल बहादुर धामी अछामी बड्डो, प्रमोद खरेल, टंक तिमिल्सेना, हास्य कलाकार धुर्मुस सुन्तली, मनिष खड्का, खण्टे खलास, प्रकाश थापा, थारु गायक रमेश मिसन आर.के चौधरी, एके चौधरी, मोडल रमेश सोडारी, नायक पल शाह, उदघोषकमा कोष खड्का र उद्घोषिका रुपा घर्ती मगर लगायतको रहने जनाएको छ ।
महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरु को बेजोड प्रस्तुती रहनुका साथै विभिन्न समुदायको नाच तथा झाँकीहरु प्रदर्शन गरिनेछ ।
संघले विगत २०६५ साल देखी महोत्सवको निरन्तर रुपमा आयोजना गर्दै आएको थियो भने बीचमा कोरोना महामारीका कारण केही बर्ष स्थगित भएको थियो ।
टीकापुर महोत्सव आन्तरिक पर्यटन प्रवद्र्धन, मनोरञ्जनसँगै आर्थिक व्यापारिक विकास र टीकापुरका सम्भाव्यताको खोजी हुने अपेक्षा गरिएको छ ।