टीकापुर बहुमुखी क्याम्पसकाे वार्षिकाेत्सव


टीकापुर, २२ माघ

टीकापुर बहुमुखि क्याम्पसकाे २२ओैं बार्षिकाेत्सव समाराेह सम्पन्न भएकाे छ ।क्याम्पस प्रमुख ढबिन्द्र रावलकाे अध्यक्षतामा शुरू भएकाे बार्षिक सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जाेशी रहनु भएकाे थियाे ।विशिष्ट अतिथिमा सुदूरपश्चिम नीति तथा आयाेगका सदस्य प्राध्यापक डा जगत बहादुर सिं रावल र सुदूरपश्चिम प्रदेश सदस्य लक्ष्मण किशाेर चाैधरी रहनु भएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि देवराज जाेशीले सैदान्तिक शिक्षा भन्दा ब्यबहारिक तथा प्राबिधिक शिक्षामा जाेडदिनु भयाे ।यस्तै वहाले स्थानिय श्राेत साधन उपयाेग नगरेर बाहिरकै भर पर्दा आज युवाहरू बिदेश पलाएन भएकाे बताउनु भयाे ।कार्यक्रमकाे शुरूमा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख ढबिन्द्र रावलले क्याम्पसलाई सहयाेग गर्ने विश्व बिद्यालय अनुदान आयाेग ,भारतीय राजदुताबास,कर्मचारी विद्यार्थी सम्पुर्ण अभिभावक बुदिजिबि तथा जन प्रतिनिधिहरूलाई धन्यबाद प्रकट गर्नु भएकाे थियाे ।कार्यक्रममा प्रमुख अतिथि जाेशिले टीकापुर बहुमुखि क्याम्पसकाे मुखपत्रकाे बिमाेचन गर्नु भएकाे थियाे ।कार्यक्रममा विद्यार्थी संगठन ,विभिन्न पार्टि ,संघ संस्थाका प्रतिनिधिले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।कार्यक्रममा चन्दादाता तथा अन्यलाई सम्मान गरिएकाे थियाे ।टीकापुर बहुमुखि क्याम्पसकाे २०५८सालमा स्थापना भई बि सं २०७५ साल श्रावण १ गतेदेखि सुदूरपश्चिम विश्व बिद्यालयकाेआंगिक क्याम्पसकाे रूपमा सञ्चालित रहेकाे छ ।क्याम्पससंग शुरूकाे८० बिगाहा र २०६२ सालमा प्राप्त ३०० बिगाहागरि जम्मा ३८० बिगाहा जमिन रहेकाे छ ।क्याम्पसमा हाल स्नातक तहमा BBA,BBS,BEd,BA र स्नातकाेतर तहमा MBS, MEd,र MA का कक्षा सञ्चालनमा छन ।

Khaptadkhabar the love