काठ्माण्डौं १९ चैत्र
नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कमिटीको बैठक अघि सो पार्टीका केन्द्रिय सदस्य रमेश विकमाथि आक्रमण भएको छ ।
आक्रमणबाट विकलाई सामान्य चोट लागेको छ । बिहान पार्टी कार्यालय अनामनगरमा केन्द्रिय कमिटी बैठक बस्ीनु अघि विकमाथी आक्रमण भएको हो ।
बैठकका लागि पार्टी अध्यक्ष रंजिता श्रेष्ठलाई कुरेर बसिरहेका बेला रेशम सँग बर्तमान सत्ता गठबन्धनमा जाने वा सुपमा काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने भन्ने विषयमा बिबाद हुदा बाहिरबाट आएका करिब २ दर्जन युवाहरुले रमेश लगाएत रंजिता पक्षधरलाई आक्रमण गरेका थिए ।
आक्रमण हुनु अघि रेशम चौधरीले प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग नगर्न धम्क्याउदै अन्यथा ज्यान असुरक्षित हुने धम्की दिएको विकले बताउनु भयो ।
‘पार्टी कार्यालयमा प्रचण्डलाई भेट्न बालुवाटार गएमा ज्यान सुरक्षित नहुन सक्छ भन्दै रेशमले धम्की दिदै गर्दा करिब २ दर्जन युवाहरु कोठा भित्र पसेर म माथि आक्रमण गरे’ रमेश विकले खप्तडखबरसँग भने ।
रेशमले आफु लगाएत ४ जना नेताहरुलाई हिजो समेत सुदुरपश्चिममा कमल शाहका् सरकार ढालेमा ज्यान सुरक्षित नरहने भनेर धम्की दिएको विकले बताउनु भयो ।
‘टीकापुरका मेयर रामलाल चौधरी, टीकापुर वार्ड नं.४ र ५ का वडाध्यक्ष लालबरि चौधरी र बलबिर चौधरीलाई समेत हिजो पनि प्रधानमन्त्री भेट्न बालुवाटार गएमा ज्यान मार्ने धम्की दिएका थिए’ विकले भन्नु भयो ।
आफुले हिजोको कुरा सामान्यरुपमा लिएको भए पनि अआज पार्टी कार्यालयमा नै भएको आक्रमणले गम्भीर शंका उब्जिएको विकले बताउनु भयो ।
आफुमाथि भएको आक्रमणको आफुले राजनैतिकरुपमा प्रतिवाद गर्ने विकले बताउनु भयो ।