एमालेको प्रदेश कमिटीले तोक्यो विभाग र भूगोलको कार्यभार,बझाँङमा चुनाव जिताउन ५०१ सदस्यीय परिचालन कमिटी गठन


धनगढी २७ चैत्र
नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटीको तेश्रो पूर्ण बैठकले बिभाग र भूगोलको जिम्मेवारी तोक्ने लगाएतका निर्णय गरेको छ ।
सो पार्टीको प्रदेश प्रचार तथा प्रकाशन विभागद्धारा आज धनगढी पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।
प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले स्कुल विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने स्थानीय विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष कालीबहादुर शाहीले पाएका छन् । सङ्गठन विभाग प्रमुखमा सचिव रणबहादुर चन्द, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा उपसचिव भागरथी विष्ट र उपप्रमुख मातृका तिमिल्सेना, वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुख उपसचिव नरबहादुर विश्वकर्मालाई दिइएको छ ।
बैठकले २३ वटा विभाग प्रमुख, २२ जनसङ्गठन इन्चार्ज, ३२ प्रदेश सभा निर्वाचन क्षेत्र र ८८ वटा स्थानीय तहको इन्चार्जको जिम्मेवारी पनि तोकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
प्रदेश समितिमा विभिन्न पार्टीबाट आएका १० जना र पार्टी भित्रका १३ जना गरी २३ जनालाई मनोनीत गरेको प्रस्ताव केन्द्रमा अनुमोदनका लागि पठाइएको जानकारी प्रचार तथा प्रकाशन विभाग प्रमुख विष्टले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले बझाङमा एमालेले लोकप्रिय मत पाउँदै विजयी हुने दाबी गरे । ‘बझाङमा एमाले त्यसै पनि बलियो अवस्थामा छ त्यसैमाथि हाम्रो उम्मेदवार निकै लोकप्रिय र जनताले रुचाइएका व्यक्ति हुनुहुन्छ ’ उनले भने ‘हामी राम्रो मतसहित निर्वाचन जित्छौँ ।’
आगामी वैशाख १५ गते हुन लागेको बझाङको उपनिर्वाचनको लागि एमाले प्रदेश अध्यक्षको अध्यक्षतामा ५०१ सदस्यीय उपनिर्वाचन सहयोग समिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनको अध्यक्षता प्रदेश उप सचिव तथा पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख भगिरथी बिष्टले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उप प्रमुख मातृका तिमिल्सेनाले गर्नु भएको थियो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

2 comments on “एमालेको प्रदेश कमिटीले तोक्यो विभाग र भूगोलको कार्यभार,बझाँङमा चुनाव जिताउन ५०१ सदस्यीय परिचालन कमिटी गठन

Link vao fun88 cung cấp cho người dùng một trải nghiệm cá cược tuyệt vời với nhiều trò chơi hấp dẫn.

Leave a Reply

Your email address will not be published. Required fields are marked *