आन्तरिक मामला मन्त्रीलाई ध्यानाकर्षण


धनगढी / प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
सुदूरपश्चिम प्रदेशमा आमसञ्चार माध्यमको अवस्था दयनीय बन्दै गइरहेको छ र विश्व बजारमा आएको आर्थिक मन्दी र कोरोनाकालको असर सुदूरपश्चिमका आमसञ्चार माध्यममा पनि परेको भन्दै सञ्चार क्षेत्रका विषयमा गम्भीर बन्न आग्रह गर्दै मन्त्री सार्कीलाई ज्ञापन पत्र बुझाइएको हो ।
‘आर्थिक अवस्थामा आएको मन्दीले धेरै सञ्चार माध्यमहरू बन्द भएका छन् भने अधिकांश पत्रकारहरू आफ्नो पेसा छोडेर पलायन हुने अवस्थामा पुगेका छन’ मन्त्रीलाई बुझाइएको ज्ञापन पत्रका उल्लेख गरिएको छ ।
प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टले मन्त्री सार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । मन्त्रीलाई बुझाइएका ज्ञापन पत्रमा ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धी ऐन २०७६’ खारेजीको माग गरिएको छ । आमसञ्चार नीति बनाउन गठन गरिएको समितिले बुझाएको मस्यौदामा थप छलफल गरि परिमार्जनसहित विधेयक यथाशीघ्र संसदमा प्रस्तुत गर्न समेत माग गरिएको छ । प्रेस काउन्सिलको वर्गीकरणका आधारमा प्रदेशभित्रका पत्रपत्रिकाहरूलाई मासिक रुपमा लोककल्याणकारी विज्ञापनको व्यवस्था गर्न, आन्तरिक मामिला मन्त्रालयले विगतका वर्षहरूमा रेडियो, अनलाइन पत्रिका, अनलाइन टिभी र पत्रपत्रिकाहरूलाई वार्षिक रुपमा दिदै आएको ८ हजार रकम एकदम न्यून र लाजमर्दो भएकाले त्यो रकम मासिक रुपमा लोककल्याणकारी विज्ञापनका रुपमा दिन समेत माग गरिएको छ ।
प्रदेश सरकार र मातहतका कार्यालयहरूबाट प्रकाशन र प्रसारण हुने सूचना प्रदेशभित्रका सञ्चार माध्यममा अनिवार्य रुपमा प्रकाशन तथा प्रसारण गर्ने, सुदूरपश्चिममा कार्यरत सञ्चारकर्मीहरूका लागि कम्तीमा १० लाख बराबरको स्वास्थ्य बीमाको व्यवस्था गर्न र प्रदेशभित्रका सञ्चारकर्मीहरूको क्षमता र दक्षता बढाउनका लागि यथाशीघ्र मिडिया एकेडेमीको स्थापना गर्न माग गरिएको छ ।
मन्त्रीलाई प्रेस चौतारीका नेता तथा बरिष्ठ पत्रकार हेमन्त पौडेल, दिलबहादुर छत्याल, प्रेस चौतारी महासचिव शिवराज भट्ट, कैलाली अध्यक्ष भानुभक्त आचार्य लगायतले पत्रकारहरूको समस्याबारे जानकारी गराएका थिए । उक्त कार्यक्रममा प्रदेश प्रचार विभाग उपप्रमुख मातृका तिमिल्सेना, सचिव भोजराज जोशी, प्रेस चौतारी प्रदेश सदस्य जीवन विष्ट र कैलाली उपाध्यक्ष निराजन परियारसमेत उपस्थित थिए ।
प्रेस चौतारीको ज्ञापन पत्र बुझ्दै आन्तरिक मामिला मन्त्रीले सुदूरपश्चिम प्रदेशका पत्रकारहरूको हक अधिकारको लागि आफू लागिपर्ने बताएका थिए । उनले आमसञ्चार नीति सदनमा पेश गर्न मन्त्रीपरिषदको अनुमति माग गरिएको बताएका थिए ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

6 comments on “आन्तरिक मामला मन्त्रीलाई ध्यानाकर्षण

Milrinone and inamrinone increase cardiac contractility and cause arterial vasodilation, which are beneficial in the emergency treatment of cardiogenic shock how to buy priligy in usa

Verapamil, human brand names Calan, Covera, Isoptin, Verelan, is used to treat irregular heartbeats and hypertension high blood pressure buy priligy

Treatment of 4T1 cells with 10 ОјM 4HT for 24 h significantly increased the conjugation of proteins at 65 kDa with 4HNE and this effect was partially blocked with the antioxidants, vitamin E and or PMC 2, 2, 5, 7, 8 pentamethyl 6 chromanol, a vitamin E moiety without a lipid tail Fig where to get generic cytotec

buying cheap cytotec without rx The prevalence of scleroderma is about four times higher in women than men, and it is higher during child bearing years

Proton. Activision. Sydney sweeny. United airline. Sable.
What causes vertigo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *