
टिकापुर फागुन ८
नेपाल कम्युनिस्ट पार्टी एमाले टीकापुर वार्ड नं २ वडा कमिटीले आजदेखि पार्टीको वडा केन्द्रित अभियानको सुरुवात गरेको छ।
आज टिकापुर नगरपालिका वार्ड नं २ मा सो पार्टीको बैठक बसी वडा केन्द्रित अभियानको योजना तर्जुमा गरेको छ।
बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा टिकापुर नगरि इन्चार्ज तपेन्द्र रावल ले अभियानलाई घरघरसम्म पुर्याएर पार्टीको पक्षमा जनमत सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क का इन्चार्ज मातृकाप्रसाद तिमिल्सिनाले अहिलेकाे टिकापुरको स्थानीय सरकारबाट भएका कमी कमजोरीलाई समेत जनताकाे घर आँगनसम्म लैजान सक्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य मोती सिंह मिजार सदस्यहरू भुपेन्द्र साउद, उपमा केसी, सरिता रावल थापा को समेत उपस्थिति रहेको थियो ।
नेकपा एमाले टिकापुर नगर कमिटीका अध्यक्ष लक्ष्मण थापाले अभियानका क्रममा टोल र वडास्तरमा गर्नुपर्ने कामका बारेमा तय भएका कार्ययोजना पेश गर्नुभएको थियो।
एमालेका टिकापुर वार्ड नं २ का वडाध्यक्ष नेत्रबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव चक्रराज तिमिल्सिनाले गर्नुभएको थियो।