
एकिन्द्र तिमिल्सिना
केही दिन अघि म सेवाग्राहीको रुपमा टीकापुर अस्पताल पुग्दा नाम दर्ता गराउनेको लामै लाइन थियो । एक घण्टाजति लाइनमा बसेर पर्चा कटाए । त्यही भेटिएका एक जना कर्मचारीले मलाई सोध्नुभयो ‘टीकापुर अस्पतालमा अध्यक्ष कहिले नियुक्त हुन्छन ?’ मैले यही कुरा महिनादिन अघि टीकापुर नगरपालिकाका प्रमुखलाई सोधेको थिए उहा“ले भन्नुभएको थियो– ‘मैले पनि सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्रीलाई धेरैपटक सोधिसके हुन्छहुन्छ भन्नु भएको छ तर नियुक्त गर्नु भएको छैन । धेरै नेताले आआफ्ना निकटका मान्छेका नाम दिएकाले छनोट गर्न गाह्रो भैरहेको सुनेको छु, टीकापुर अस्पताल प्रदेश सरकार मातहत भएकाले नगरपालिकाले केहीगर्न सक्दैन तर २ जना विशेषज्ञ डाक्टर भने नगरपालिकाले तत्काल दिदैछ ।’ नगरप्रमुखबाट सुनेको कुरा मैले ती कर्मचारीलाई बताए । मेरो कुरा सुनिसकेपछि ती कर्मचारीले अचम्म मान्दै भने, ‘दुई पार्टी मिलेपछि त नेता पनि धेरै होलान एक गतिलो मान्छेलाई अध्यक्ष बनाएर पठाइ दिए त भैहाल्थ्यो नि ।’ मैले भने–अध्यक्ष बनाउन ढिलो भएर होला आउन त गतिलै आउला नि । मेरो कुरामा उहा“लाई विश्वास लागेन र भन्नुभयो, ‘आउन त अहिलेका मेयर पनि अस्पतालको अध्यक्ष हुने हल्ला चल्याथ्यो, कांगे्रसका क्षेत्रीय सभापति पनि आउने हल्ला चल्याथ्यो, आएनन । खै कस्ता कस्ता आए । होइन, यो टीकापुरमा राम्ररी अस्पताल चलाउन सक्ने मान्छे पनि छैन कि क्या हो ?’ हुन पनि अध्यक्ष खाली भएको १० महिना हुन लाग्दा पनि टीकापुर अस्पतालमा अध्यक्ष नियुक्ती हुन सकेको छैन । यसका लागि नागरिक समाज टीकापुर, उपभोक्ता हित संरक्षण मञ्च टीकापुरले सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै आएको छ भने आजकाल हरेक जसो कार्यक्रममा टीकापुर अस्पतालमा अध्यक्ष नभएको प्रसंग उठिरहेकै छ ।
पूर्व कैलाली, पश्चिम बर्दिया, सुर्खेतका केही भागका मानिसहरु आफ्नो स्वास्थ्य उपचारका लागि टीकापुर अस्पताल आउने गरेका छन् । नेपालमा स्वास्थ्य संस्था मै सामुदायिक औषधि र परीक्षणका रुपमा रुपमा लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमपछि टीकापुर अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । पछिल्लो समय जिल्ला भरी नै स्वास्थ्य बीमा लागू भएपछि टीकापुर अस्पतालप्रति बिरामीको आकर्षण बढ्दो छ । रेडक्रसबाट ब्लड बैंक सञ्चालन, टीकापुर नगरपालिकाबाट गत वर्ष बालरोग विशेषज्ञ र यस वर्ष प्रसुतिरोग विशेषज्ञ डाक्टर नियुक्त गरिएपछि विशेष सेवा लिने बिरामी पनि बढेका छन् । टीकापुर अस्पतालमा हाल दैनिक ३ सयदेखि ५ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।
टीकापुर अस्पतालको विकास
टीकापुर अस्पताल यस्तो अवस्थामा आउन धेरै वर्ष लागेको छ । २०४४ सालमा भजनी स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्तरोन्नति भएपछि इलाका हेल्थ पोष्ट टीकापुरमा सरेको थियो । २०५० सालमा टीकापुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्तरोन्नति भएको हो । टीकापुर प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो डाक्टर कृष्णप्रसाद विष्ट आएपछि पोष्ट मार्टम सेवा शुरु भएको थियो । त्यसअघि यहा“ कुनै दुर्घटनाबस मानिसको मृत्यू ह“ुदा धनगढी लैजानुपर्ने वाध्यता थियो । एक त आफन्त मरेको पीडा त्यसैमा धनगढी लैजानुपर्ने खर्च बढ्ने समस्याबाट मुक्ति पाएपछि यहा“का मानिसहरु औधी खुशी भएका थिए रे । त्यसपछिका डाक्टर लुमेश्वर आचार्य ६ वर्ष बस्दा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवाको सिस्टम बसाल्नु भएको थियो रे । त्यसपछिका डाक्टर गुणराज अवस्थी (हाल सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक) आएपछि टीकापुर अस्पताललाई प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पताल बनाउन लाग्नु भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले प्राथमिक स्वास्थ्य केन्द्रकै मान्यता दिएका बेला डाक्टर अवस्थीले जवरजस्ती अस्पतालको बोर्ड राख्नु भएको थियो । उहा“ले अस्पतालको आय आर्जनका लागि सपिङ कम्पलेक्स निर्माण लगायतका काम गर्नुभएको थियो । त्यसपछिका डाक्टर नरेन्द्र खनाल झण्डै १० वर्ष बसेर विशेषज्ञ सेवा र टीकापुर अस्पतालमा शल्यक्रिया शुरु गर्नुभयो दिनुभयो । झण्डै ३२ वर्षको अवधिमा तत्कालिन टीकापुर विकास समितिले बनाएको भवनबाटै सेवा दिएका थिए । पछि नेपाल सरकारबाट २ वटा भवन र कोइकाबाट २ वटा भवन बनेका हुन् । भक्तमाली न्यौपाने, मोतिराम जैसी, मोहन नायक, रतन खडका यसअघि अध्यक्ष भैसकेका छन् । नेपाल सरकारबाट ५१ बेडको मान्यता पाएको टीकापुर अस्पतालमा २० बेड र त्यही अनुसारका स्वास्थ्य कर्मचारी अस्पताल विकास समितिले व्यवस्थापन गरिरहनु परेको छ ।
अबको अस्पताल र नेतृत्व
भजनीबाट इलाका स्वास्थ्य केन्द्र सारेकोदेखि सेवा सञ्चालन गर्न टीकापुर विकास समितिले भवन बनाएको अवस्था, जनशक्ति अभाव टार्न स्थानीय व्यवस्थापनबाट न्यून वेतनमा राखिएका कर्मचारी, अस्पताल बनाउन जवरजस्ती बोर्ड राख्नु परेको जस्ता चुनौतिपूर्ण अवस्थाबाट गुज्रदै आएको छ । अहिले स्वास्थ्य बीमाले गर्दा अस्पतालले सेवा दिनु पर्ने दवाव धेरै र सेवा दिने क्षमता कमजोर भएका बेला नेतृत्वविहिन राख्नु सर्वथा गलत हो ।
टीकापुर अस्पतालमा ओटी, एनआइसीयू जस्ता पूर्वाधार बनेका छन् । सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सबै नागरिकलाई स्वास्थ्य बीमामा समेटदैछ । डाक्टरको दरबन्दि १६ जना पुगेको छ । उपभोक्ता सचेत हुदैछन् । टीकापुरसम्म पक्कीबाटा जोडिएका छन् । दाताहरु तयार छन् । स्थानीय रक्तदाताले दिएको रगत बढी भएर नेपालगञ्ज र धनगढीलाई पनि आपूर्ति गरिरहेको छ । कैलालीमा स्वास्थ्य बीमाको सबै भन्दा बढी मानिसको चाप भएको केन्द्र टीकापुर अस्पताल भएको छ । यस्तो अस्पतालको नेतृत्व पनि अब्बल हुनु पर्दछ । दशौं, एघारौं तहको मेडिकल अधिकृतको नेतृत्व, विशेषज्ञसहित १६ भन्दा बढी चिकित्सक रहने अस्पतालको नेतृत्व पनि उमेरले पाको, उच्चशिक्षा हासिल गरेको, विषयवस्तु बुझेको नया नया योजना ल्याउन सक्ने, कार्यान्वयन क्षमता भएको र १६ जना चिकित्सकले सम्मान गर्न लायक हुनुपर्दछ । अनि टीम वर्क हुन्छ । अस्पताल सबै किसिमले सवल बन्दै जान्छ । नागरिकले सेवा पाउछन् । अनि पो सुख र संमृद्धि महसुस होला ।
नगरपालिकाको प्रमुख सदस्य रहने अस्पताल विकास समितिको अध्यक्षको शैक्षिक, सामाजिक हैसियत र अनुभव पनि प्रमुख भन्दा माथिकै होस त्यत्ति नभएपनि व्यवस्थापन जानेको, स्वास्थ्य सेवा बुझेको र उच्च तहका मेडिकल अधिकृतहरुलाई निर्देशन दिन सक्ने अनुभव भएको होस । नेपालमा प्रायजसो राजनीतिक नियुक्तिहरु नेतृत्व दिन सक्ने भन्दा पनि त्यो निर्णायक तहमा पुगेका व्यक्तिलाई रिझाउन सक्ने र आसेपासेहरुले फुत्काउने गरेका छन् । यस पटक सरकारले सबै तहका अस्पतालमा अध्यक्ष नियुक्त गरिसकेपछि अति नै संवेदनशील टीकापुर अस्पतालमा अध्यक्ष नियुक्त नगर्दा अस्पताल व्यवस्थापन लथालिंग भएको छ भने दुई तिहाइ बहुमत भएको र संमृद्ध नेपाल, सुखी नेपालीको नारा लिएको सरकारले नागरिकलाई प्रत्येक्ष सेवा दिने अस्पतालमा नियुक्ति ढिलाई गरी जनतालाई निराश बनाउनु स्थानीय नागरिकको नजरमा गलत देखिन्छ ।(याे लेख २०७६ कार्तिक २६ गतेकाे टीकापुर दैनिकमा प्रकाशित भएकाे छ )