टीकापुर २१ चैत
सरकारले कोरना संक्रमण रोक्नका लागि गरेको लकडाउनका बेला टीकापुरमा प्रहरीले अनावश्यक कडाई गर्न थालेपछि जन जिविकामा समस्या देखिएको छ ।
“घरमा उपभोग्य सामान सकिएको छ, लिन जान लाग्दा बाटामा प्रहरीले दुब्र्यवहार गर्छ, कसरी बाच्ने होला” टीकापुरमा चामल किन्न जाँदा प्रहरीले मोटरसाइकिल समाते पछि एक स्थानिय आफ्नो पिडा पोखे ।
सरकारले दैनिक उपभोग्य सामाग्रिका पसलहरु खोल्ने निर्णय गरेको छ र अत्यावश्यक कामका लागि सिफारिस लिएर जान पाउने सरकारको निति छ तर टीकापुरमा कहाँबाट सिफारिस लिने हो जनता अन्यौलमा रहेका छन ।
इलाका प्रशासन कार्यालयका प्रमुखको फोन कहिल्यै उठ्दैन, कहाँ हो अत्यावश्यक कामका लागि पास बनाउने अन्योलतामा प्रहरीको दुब्र्यवहार खेप्न बाध्य हुन थालेका छन स्थानियवासीहरु ।
One comment on “टीकापुरमा लकडाउन कडाईका नाममा जनतालाई सास्ती”
Binod Bhandari
April 3, 2020 at 7:34 amयस्तो समयमा बल होइन बुद्धिले काम गर्दा राम्रो हुन्छ होला।