टीकापुर २४ जेठ,सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारी माथी अभद्र व्यवहार भएको छ । साझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्ष भित्रै प्रबेश गरी अभद्र व्यवहार गररेका हुन । मन्त्रीका स्वकीय सचिब ललीत बोहराका अनुसार मन्त्री बजेट सम्बन्धीको छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र नीजी सचिवालयलाई छलेरर कार्यकक्षमै पसेर अभद्र व्यवहार गरेका हुन ।