टीकापुर २२ भदौ
प्रहरी छनौटमा नाम निकाली दिने भन्दै गगि गर्ने १ जनाई प्रहरीले पक्राउ गरेको छ ।
५ दिन अघि सुदुरपश्चिम प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बझाङ मष्टा गाउ पालिका २ बस्ने वष्र्ना २५ को मनोज कुमार सिंहलाई धनगढी उपमहा नगरपालिका वार्ड नं.३ को चौराहाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनबाट प्रहरीले प्रहरी जवानमा नाम निकाली दिने भनी लिएको ६० हजारको चेक बरामत गरेको छ । साथै उनले पिडितलाई पटक पटक पैसा नदिए प्रहरीमा नाम ननिस्कने भन्दै दिएको धम्कीको रेकर्ड समेत प्राप्त गरेको छ ।
उनलाई गठि मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।