एमाले महादिवेशनमा जनसागर, सडकमा हिड्डुल गर्नै सकस


चितवन १० मंसिर
एमालेका महाधिवेशन स्थल चितवन आज दिन भरी नै मानव उपस्थितीले अस्तव्यस्त बन्यो । पूर्व पश्चिम राजमार्गको करिब ३० किलोमिटर सडकमा जताततै गाडीका लाम र निरन्तर जुलुस देखिन्थे ।
जनताको उपस्थितीले प्रहरीलाई ट्रफिक व्यवस्थापन हम्मेहम्मे बनेको थियो ।
भित्री सडकहरुमा समेत मान्छेको उस्तै बाक्लो उपस्थिती देखिन्थ्यो । प्रहरीले सवारी पार्किंका लागि छुट्याएका ठाउहरु अप्रयात्त बनेका थिए ।
नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढ्नुको साथै पेलामपेल र ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।
कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको थियो । कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आएका सवारीसाधन रोकिएको स्थानसम्म पुग्न जाने क्रममा भिड बढेको हो ।
स्थानीय प्रशासनले महाधिवेशनलाई लक्षित गर्दै सहभागीहरू सवार गाडीहरूलाई निश्चित क्षेत्रमा पार्किङको व्यवस्था गरेको थियो । प्रशासनले पश्चिम क्षेत्रबाट आएका सवारीलाई गैडाकोटतर्फको नारायणी नदी किनारमा, पूर्वबाट आएका सवारीहरूलाई पारस बसपार्क क्षेत्रमा र काठमाडौँबाट आएकालाई आपटारी क्षेत्रमा पार्किङ अनुमति दिएको थियो ।

 

 

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

One comment on “एमाले महादिवेशनमा जनसागर, सडकमा हिड्डुल गर्नै सकस

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/en/register-person?ref=OMM3XK51

Leave a Reply

Your email address will not be published. Required fields are marked *