![](https://khaptadkhabar.com/np/wp-content/uploads/2023/04/received_903111187413856-730x300.jpeg)
टीकापुर २४ चैत्र
टीकापुर नगरपालिकामा भएकाे गतिबिधि तथा नगरपालिकाले गरेका कामकाे काम र त्यसले पार्ने प्रभावलाई बेलैमा सच्याएर अगाडि बढ्नकाेलागि टीकापुर नगर नागरिक समाजले ६ बुदे ज्ञापन पत्र बुझाएकाे छ ।नागरीक समाज टीकापुरकाे यहि चैत्र २४ गते बसेकाेकाे बैठकले गरेकाे निर्णय अनुसार टीकापुरनगरपालिकामा कर्मचारी कर्मचारी बिच र जन प्रतिनिधि जनप्रतिनिधि बिच भएकाे असम्झादारीले गर्दा नगरलाई दिर्घकालिन असर पर्ने भएकाले समयमै मिलाएर लैजान अनुराेध गरेकाे छ ।नगरपालिकाले प्रवाह गर्ने सेवा मध्ये आर्थिक प्रशासन खरिद ,पेश्कि र बेरूजुका बिषयमा जन प्रतिनिधि र लेखासमिति बेखबर रहेकाे जस्ता कुरालाई छानबिनबारे माँग गरिएकाे छ ।यस्तै टीकापुरमा निर्माण भैरहेका ठुला बाटाे लगाएत ठुला आयाेजनाकाे निगरानि गरिनु पर्ने र मुख्य सडकका चाेकलाई गाडि घुम्नेगरि फराकिलाे बनाउन र चाेककाे चिनारीकालागि नाम प्लेट तथा सकेसम्म सालिककाे निर्माण गरिनु पर्ने माँग गरिएकाे छ ।टीकापुरमा हुन लागेकाे साहित्य मेलालाई नगरपालिकाले जिम्मेवारीपुर्बक सफल पार्नु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।टीकापुर नगरपालिका नागरिक समाजका अध्यक्ष भिमराम चपाईले उप प्रमुख खडक शाहलाई ज्ञापन पत्र बुझाउनु भएकाे थियाे ।
One comment on “नगरपालिकालाई नागरिक समाजले भन्याे” मिलेर राम्राे काम गर””
메이저놀이터
April 22, 2023 at 9:03 amIt’s hard to come by educated people for this topic, but you
sound like you know what you’re talking about! Thanks