धनगढी २७ चैत्र
नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटीको तेश्रो पूर्ण बैठकले बिभाग र भूगोलको जिम्मेवारी तोक्ने लगाएतका निर्णय गरेको छ ।
सो पार्टीको प्रदेश प्रचार तथा प्रकाशन विभागद्धारा आज धनगढी पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।
प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले स्कुल विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने स्थानीय विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष कालीबहादुर शाहीले पाएका छन् । सङ्गठन विभाग प्रमुखमा सचिव रणबहादुर चन्द, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा उपसचिव भागरथी विष्ट र उपप्रमुख मातृका तिमिल्सेना, वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुख उपसचिव नरबहादुर विश्वकर्मालाई दिइएको छ ।
बैठकले २३ वटा विभाग प्रमुख, २२ जनसङ्गठन इन्चार्ज, ३२ प्रदेश सभा निर्वाचन क्षेत्र र ८८ वटा स्थानीय तहको इन्चार्जको जिम्मेवारी पनि तोकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
प्रदेश समितिमा विभिन्न पार्टीबाट आएका १० जना र पार्टी भित्रका १३ जना गरी २३ जनालाई मनोनीत गरेको प्रस्ताव केन्द्रमा अनुमोदनका लागि पठाइएको जानकारी प्रचार तथा प्रकाशन विभाग प्रमुख विष्टले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले बझाङमा एमालेले लोकप्रिय मत पाउँदै विजयी हुने दाबी गरे । ‘बझाङमा एमाले त्यसै पनि बलियो अवस्थामा छ त्यसैमाथि हाम्रो उम्मेदवार निकै लोकप्रिय र जनताले रुचाइएका व्यक्ति हुनुहुन्छ ’ उनले भने ‘हामी राम्रो मतसहित निर्वाचन जित्छौँ ।’
आगामी वैशाख १५ गते हुन लागेको बझाङको उपनिर्वाचनको लागि एमाले प्रदेश अध्यक्षको अध्यक्षतामा ५०१ सदस्यीय उपनिर्वाचन सहयोग समिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनको अध्यक्षता प्रदेश उप सचिव तथा पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख भगिरथी बिष्टले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उप प्रमुख मातृका तिमिल्सेनाले गर्नु भएको थियो ।
2 comments on “एमालेको प्रदेश कमिटीले तोक्यो विभाग र भूगोलको कार्यभार,बझाँङमा चुनाव जिताउन ५०१ सदस्यीय परिचालन कमिटी गठन”
Cyccdurce
April 17, 2024 at 7:48 amstromectol for humans
link vao fun88 linkbong88moinhat
December 5, 2024 at 3:25 amLink vao fun88 cung cấp cho người dùng một trải nghiệm cá cược tuyệt vời với nhiều trò chơi hấp dẫn.