बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • मुख्यमन्त्री शाहद्वारा मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन
समाचार

मुख्यमन्त्री शाहद्वारा मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन

   नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट ४ जेठमा मन्त्री नियुक्त भएका चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री शाहले राजीनामा मागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय स्रोतले जनाएको छ। मन्त्री चौधरीको पछिल्लो कार्यशैलीप्रति मुख्यमन्त्री शाह असन्तुष्ट थिए। मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी अहिले पार्टी आन्तरिक परामर्शमा जुटेका छन्। पार्टीले फिर्ता बोलाउन मुख्यमन्त्री शाहले पार्टी शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

‘पार्टीले पठाएको हुँदा फिर्ता बोलाउन छलफल भइरहेको छ’ मुख्यमन्त्री निकट स्रोतले भन्यो ‘पार्टीले बोलाएन भने वर्खास्त पनि हुनसक्छन्।’

  किसानसँग पैसा असुल्ने समूहसँग उनको नाम जोडिएको प्रकरण मुख्य कारण भएको नाउपा निकट स्रोतले दाबी गरेको छ। सो प्रकरणमा कैलालीकी सुशिला खड्कासहित केही व्यक्तिहरू पक्राउ परिसकेका छन् र प्रहरी अनुसन्धान जारी छ। यसअघि, नाउपाबाट मन्त्री बनेका लक्ष्मणकिशोर चौधरी दीगो वन व्यवस्थापन कार्यविधिमा आर्थिक लेनदेनको योजना बनाएको आरोपमा मुछिएपछि राजीनामा दिएका थिए। त्यसपछि रामेश्वर चौधरीले मन्त्री पद सम्हालेका थिए। उनी पनि विवादमा तानिएका छन्।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस