९७.९२प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर एसइइ २०८१ मा खड्ग मेमोरियल स्कुल टीकापुर नगर प्रथम भएकाे छ ।एस ई ई २०८१ काे हालै प्रकाशित नतिजा अनुसार टीकापुरमा सबभन्दा बढि उतिर्ण प्रतिशत ९७.१ ल्याउने बिद्यालयमा परेका छ । जम्मा विद्यार्थि संख्या ४८ मा ४७ जना उतिर्ण भएकाे बिद्यालयका प्रिन्सिपल हिरण्यराज शर्माले बताउनु भयाे ।यस्तै वहाले बिद्यालय खेलकुदमा पनि राम्राे गरिरहेकाे बताउदै हालै टीकापुर बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थि युनियनले आयाेज स गरेकाे टी १० क्रिकेट प्रतियोगितामा प्रथम स्थानल्याइ रु ४१००० नगद सहित मेडल र प्रमाणपत्र पाएकाे बताउदै बर्दगाेरिया गेम एण्ड ईभेन्टस क्लवद्वारा सञ्चालन गरेकाे कैलाली जिल्ला स्तरिय फुट बल प्रतियाेगितामा ४२ टिम सहभागि भएकाेमा प्रथम भै रु ५१००० नगद सहित प्रमाणपत्र पाएकाे बताउनुभयाे।प्रकाशित एस ईई काे नतिजा अनुसार सप्तऋषि माबि सेकेन्डरी स्कुल टीकापुर नगरपालिकामा नगरमा १८ जना विद्यार्थि मा १७ जना पास गरि ९४.४४ प्रतिशत ल्याइ दाेश्राे भएकाे छ । यस्तै न्यु लाइट एजुकेशनहाेमले ९२.१९ प्रतिशतलाई तेस्राे भएको छ। टीकापुर नगरपालिकामा हाल १२ वटा सामुदायिक र १४ वटा संस्थागतगरि जम्मा २६ वटा माबि कक्षा सञ्चालित बिद्यालय रहेका छन् । सरकारी विद्यालयको तर्फबाट ९७१ जना विद्यार्थी सहभागी भएकोमा २८५ जना मात्र उत्तीर्ण भएकोले सरकारी विद्यालयको उत्तीर्ण प्रतिशत २९.३५ प्रतिशत उत्तीर्ण भएका छन् भने संस्थागत विद्यालयतर्फ ७०.६५ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन्।
प्रतिक्रियाहरु