बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • टीकापुरमा एसईईमा उत्कृष्ट हुनेलाई ग्रेट हलको सम्मान
समाचार

टीकापुरमा एसईईमा उत्कृष्ट हुनेलाई ग्रेट हलको सम्मान

टीकापुर २२ असार

टिकापुरको ग्रेट जल एजुकेसन सेन्टर ले टिकापुर नगरपालिकामा एसइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्र र विद्यालयलाई आज एक समारोहका बीच सम्मान गरेको छ।

टीकापुरमा आयोजित कार्यक्रममा सम्मानित हुने हरूमा गणेशबाबा इङ्लिस बोर्डिङ स्कुल बाट एसईई परीक्षामा सहभागी भई ४ जीपीए ल्याउने उत्कृष्ट छात्रा भुवन उपाध्याय, युनाइटेड एकाडेमीबाट एसईई परीक्षामा सहभागी भएर ४ जिपिय ल्याउने छात्र  छात्र निखिल लुहार रहेका थिए।

यस्तै सामुदायिक विद्यालयतर्फ कर्णाली माध्यमिक विद्यालय शक्तिमा अध्ययनरत छात्र अङ्कित टमट्टा तथा कर्णाली माध्यमिक विद्यालय मा अध्ययनरत छात्रा क्रिस्टिना पोखरेल उत्कृष्ट भएका छन्।

चारै जनालाई सो कार्यक्रममा सम्मान गरिएको थियो भने यसरी उत्कृष्ट ल्याउने विद्यालयलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा रहनुभएको थियो। डगौराले शिक्षा क्षेत्रमा अझ राम्रो गर्दै अगाडि बढ्न विद्यार्थीहरूलाई अनुरोध गर्नुभयो ।

अन्य वक्ताहरूमा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रविन्द्र रावल, टिकापुर नगरपालिका वार्ड नं १ का वडाध्यक्ष मोहन बिक, पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावल, टिकापुर नगरपालिका शिक्षा शाखाका प्रमुख नरेश अवस्थि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता ग्रेट हल एजुकेसन टिकापुरका प्रबन्ध निर्देशक गणेश शाही तथा सञ्चालन वीरेन्द्र साउदले गर्नुभएको थियो।

 

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस