टिकापुर २२ असार
टिकापुर नगरपालिकाले आगामी आर्थिक वर्षको श्रावण १ गतेदेखि टिकापुरमा प्लास्टिक निषेधन गर्ने भएको छ।
टिकापुर नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो।
प्लास्टिकले वातावरणिय प्रदूषण गर्नुका साथसाथै मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्ने भएकोले प्लास्टिक निषेधित गर्न लागिएको नगरप्रमुख डगौराले बताउनुभयो ।
उहाँले प्लास्टिक भएपछि प्लास्टिक जन्य कालो पोलिथिनको सट्टा वैकल्पिक कपडाको झोला वा अन्य झोलाहरूको विकल्प बजारमा उपलब्ध हुने बताउँदै पोलिथिन प्रयोग गरेमा बिक्री गरेमा वा उत्पादन गरेको खण्डमा ऐन अनुसार कारबाही हुने बताउनुभयो।
प्रतिक्रियाहरु