बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • जनताले सबैको हिसाबकिताब राखेका छन्
विचार

जनताले सबैको हिसाबकिताब राखेका छन्

कृष्णप्रसाद जैसी

नेकपा (एमाले) २०४७ बाट लोकतान्त्रिक प्रतिस्पर्धाबाट सरकारमा जाने वा प्रतिपक्षमा बस्ने कुरा जनता जनार्दनको निर्णय मान्न तयार भएपछि नेपाली कॅाग्रेस लगायत केही दलले शंका गरे, एमाले वहुदलीय लोकतन्त्रलाई सॅाच्चिकै मान्न तयार हो या हात्तिको देखाउने दॅात एक खाने अर्कै जस्तै हो भनेर , तर एमालेले आफ्नो नीति र सिद्धान्तलाई कार्यान्वयनमा अभ्यास गर्दै सँसदलाई वर्ग संघर्षको उच्ततम रुप र संविधान अनुसार परिणामलाई पालना गर्दै आएको      छ !

नेकाका केही कान्छा तथा गगन र विश्वप्रकाश जस्ताले पनि नेकपा(एमाले) मा फरक विचार राख्ने माथि कार्बाही गर्ने र पार्टीमा अटाउन नसक्ने कुराको प्रचार गरिएको पाइयो .!! नेका भित्र विचार राख्नेलाई गंज्जबको स्थान दिइएको र वकालत गरेको पनि सुनियो ! तर २००७ सालको क्रान्तिपछि मात्रिका कोइरालाको अवस्था, सुवर्ण शमशेरको अवस्था र तरिका, ०१५ सालमा २/३ को सरकारका विरुद्ध लागेका सुर्य प्रसाद उपाध्याय र तुलसी गिरीको भुमिकालाई नेपाली कांग्रेसले के गर्यो, बिपि लगायतका सरकारका प्रधानमन्त्री र मन्त्रीलाई महेन्द्रले जेल हालेपछि पार्टीको के भूमिका रह्यो ? भारत प्रवासमा जाने बिपिको निर्णय र ०३३ मा मेलमिलापको नीतिका आधारमा बिपि नेपाल फर्किने भएपछि राजसभा स्थायी समितिको सदस्य भएको चौधरी को भूमिका के रह्यो ? वहुदल स्थापनापंछि कार्यबाहक अध्यक्ष तथा अन्तरिम प्रधानमन्त्री कृष्ण प्रसाद भट्चराईको अवस्था के रह्यो ? गणेशमान सिंह जसले प्रधानमन्त्री हुन्न भने तिनी र तिनका परिवारको अवस्था के भो भन्ने कुरा बुझेर पनि बुझ पचाउने नेपाली कांग्रेसका कार्यकर्ताहरु देशभरीकैले राम्ररी इतिहास पढ्न नबंग्याउन र एमालेको आन्तरिक राजनीतिमा अनावश्यक नखेल्न सुझाव दिन चाहन्छु !

जीवनको अन्तिम बेलामा गणेशमान र कृष्ण प्रसाद भट्टराईले नेका पार्टी परित्याग किन गर्नु पर्र्यो होला ?? नेका गज्जब भए त एमालेले सरकारमै आउन थप संघर्ष गर्नु पर्ने थिसो नै .! महाकाली सन्धीको नाममा मध्याबधि निर्वाचन गराएको गिरिजा प्रसाद कोइरालाले नै हो नि!  उप-निर्वाचनमा काठमाण्डौं – १ मा कृष्ण प्रसाद भट्टराईलाई पराजित गर्न प्रचार तयार गरेर एमालेका नेताको घरमा पुगाएर बॅाडेको त मेरै ॲाखाले देखेको छु ! त्यसैलै ठीक कुरा बुझौं, पढौं, व्यवहारमा लोकतान्तरिक बनौं, आचरण पनि शुद्ध राखौं, जनताले तपाईं हामी सबैको हिसाब राखेका छन् है ..!

(जैसी नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष हुनुहुन्छ )

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस